रूसद्वारा यूरोपमा सम्भावित ‘ठूलो द्वन्द्व’को चेतावनी

REUTERS / Francois Lenoir)
REUTERS / Francois Lenoir)

नेटोमा युक्रेनको सम्भावित प्रवेशले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीहरू सिधै रूसी सीमामा राख्न सकिने सम्भावना सहित अन्य ‘अस्वीकार्य खतराहरू’ मस्कोमाथि खडा भएको रूसका विदेशमन्त्री सर्गेई लाभरोभले भने। 

सबै पक्षहरूले अमेरिकी अधिकारी र तिनीहरूको ‘युक्रेनी विशेषज्ञ’ सँगको कामबाट हुने ‘टकरावको हद’ कम गर्न आवश्यक रहेको उनले बोस्नियाली अखबार ओस्लोबोडजेन्जेलाई भने।  

‘रूसी सिमा नजिक मिसाइल प्रतिरक्षा प्रणालीहरू देखापर्ने सम्भावनाको साथ किभलाई नेटोमा गाभेको नीतिले रूसी सुरक्षालाई अस्वीकार्य खतराहरू खडा गर्नुका साथै सबै पक्षहरूका लागि गम्भीर सैन्य जोखिम उत्पन्न गर्छ र युरोपमा ठूलो द्वन्द्वको सम्भावना समेत उत्पन्न गर्छ’ उनले भने।

रूस र अमेरिकी नेतृत्वको सैन्य समूहबीचको सम्बन्ध संकटको बिन्दुमा रहेको बेला बोस्नियाली आउटलेटमा लाभरोभको उक्त टिप्पणी आएको हो।

मस्कोले युक्रेनी सीमामा सेनाहरू जम्मा गरिरहेको रिपोर्टका कारण यूरोपेली मुलुकहरूमा तनाव बढिरहेको छ। केही पश्चिमी मिडिया आउटलेटहरूले रूसले युक्रेनमाथि छिट्टै आक्रमण गर्छ भन्ने अनुमान पनि लगाएको छ। नेटोले बारम्बार रूसलाई कुनै पनि सैन्य कारबाही गरेको खण्डमा रूसमाथि प्रतिबन्ध लगाइने चेतावनी दिँदै आएको छ। 

युक्रेनमा नेटो पूर्वाधार देखा पर्‍यो भने क्षेप्यास्त्र मस्को पुग्न ७-१० मिनेट मात्र लाग्ने छ भन्दै रक्षा मन्त्रालयमा यस साता भएको विस्तारित बैठकमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसका लागि चुनौती र एक ‘गम्भीर कुरा’भएको बताए।

मस्कोले दुईवटा मस्यौदा सन्धिको रूपमा अमेरिका र नेटोलाई प्रस्तावहरूको सूची गत शुक्रबार राखेको थियो। नेटोले पूर्वमा पहिले युएसएसआरको भाग रहेको राज्यहरूमा विस्तार गर्न नपाउने माग सहित ग्यारेन्टीहरूको सूची समावेश गरिएको छ।

उक्त सम्झौतामा दुवै देशका प्रमुखले हस्ताक्षर गर्ने हो भने रूसी सीमा नजिकै सेनाको आगमन कम हुने र क्षेप्यास्त्रहरू सीमा नजिक हुदैँन।  

– एजेन्सीको सहयोगमा

प्रकाशित मिति: : 2021-12-26 20:50:00

प्रतिकृया दिनुहोस्