सरकारसँग पैसा माग्दै सडकमा निस्के यौनकर्मीहरू

Thailandredcat

थाइल्याण्डका यौन र मनोरञ्जनकर्मीहरू बैंककस्थित सडक तथा संसद भवनअधि धर्ना बस्न थालेका छन्।

काेराेना महामारीका कारण रोजगारी गुमाउनु पीडा सरकारलाई सुनाउँदै यौनकर्मीहरूले क्षतिपूर्ति दिन आग्रह गरेका हुन्। 

महिनाैँदेखि बार तथा 'नाइट क्लब'हरू बन्द हुँदा थाइल्याण्डस्थित विभिन्न शहरहरूमा कार्यरत यौन र मनोरञ्जनकर्मीहरू मारमा परेका छन्।

सरकारले 'नाइट क्लब' सञ्चालनका लागि आदेश नदिएपछि यौन उद्योग पूर्ण रूपमा बन्द गरिएकाे छ। व्यापार–व्यवसाय खाेल्न कानूनी मान्यता प्राप्त भएको छैन।

संरक्षणका लागि सरकारलाई दबाब दिन यौनकर्मीहरू दिनदिनै सडक–सडकमा निस्किरहेका छन्। उनीहरूले चेतावनी स्वरूप दैनिकजसाे सड्क र सरकारी भवनअघि अग्लो जुत्ता र पत्रहरू टाँस्ने गरेकाे सरकारी अधिकारीहरूले बताए।

थाइल्याण्डमा पछिल्लाे समय प्रतिबन्धित कार्यमा लागेकाहरू समेत क्षतिपूर्ति माग्दै सरकारकाे अनुदान ताकिरहेका छन्।

थाइल्यान्डमा यौनकर्मीहरूलाई सहयोग गर्ने गैरसरकारी संस्था एम्पावर फाउन्डेशनले समेत उनीहरूकाे माग सम्बाेधन गर्न सरकारलाई पत्र पठाएको छ।

काेराेना महामारीले थलिएका मसाज पार्लर र 'नाइट क्लब'हरूमा काम गर्ने युवतीहरूलाई आर्थिक लाभ दिन फाउन्डेशनले अनुराेध गरेकाे छ।

प्रकाशित मिति: : 2021-12-26 19:31:00

प्रतिकृया दिनुहोस्