बीपीडब्लू लघुवित्तले आईपीओ निष्काशन गर्ने

File Photo
File Photo

बीपीडब्लू लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने भएको छ। त्यस्तै, बीपीडब्लूको तेस्रो वार्षिक साधारणसभा ३० पुसमा बोलाएको छ।

लघुवित्तले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने मुख्य एजेन्डासहित सिद्धार्थ कटेज धोवीघाट ललितपुरमा बिहान ११ बजे सभा आह्वान गरेको हो।

सभामा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित हुनेछ। त्यस्तै, अन्य कुनै पनि लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्नरगाभिनेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव छ।

आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८र७९ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने एजेन्डा छ।

प्रकाशित मिति: : 2021-12-26 14:21:00

प्रतिकृया दिनुहोस्