७९ वर्षीय बाइडेनले भने– भाग्यमा विश्वास छ, अर्को राष्ट्रपति निर्वाचनमा फेरि प्रतिस्पर्धा गर्छु

file photo
file photo

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सन् २०२४ हुने राष्ट्रपति निर्वाचनमा पुनः प्रतिस्पर्धा गर्ने बताएका छन्।

आफू अहिले जस्तै स्वस्थ रहे आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने बाइडेनले बताएका हुन्।

अमेरिकी टेलिभिजन एबीसीसँगको एक अन्तर्वार्तामा ७९ वर्षीय बाइडेनले भने, ‘हो, स्वास्थ्यले साथ दिए फेरि पनि निर्वाचनमा उठ्नेछु।’

उनले अगाडि भने, ‘म भाग्यमा धेरै विश्वास गर्छु। धेरै पटक भाग्यले मेरो जीवनमा हस्तक्षेप गरेको छ। अहिले म स्वस्थ छु। यस्तै स्वस्थ रहे आगामी निर्वाचनमा फेरि प्रतिस्पर्धा गर्नेछु।’

आगामी निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले उम्मेदवारी दिए जुनसुकै हालमा आफूले उम्मेदवारी दिने उनले बताए।एजेन्सी

प्रकाशित मिति: : 2021-12-24 11:33:00

प्रतिकृया दिनुहोस्