अमेरिकामा पनि भोकमरी बढ्यो, २ करोडले पाएनन् पर्याप्त खाना 

File Photo
File Photo

अमेरिकामा भोमकरीको जोखिम बढेको छ। यही डिसेम्बरको सुरुमा केही अमेरिकीले पर्याप्त खानेकुरा खान नपाएकोले भोकमरी बढेको त्यहाँको सेन्सस व्युरोले जनाएको छ।

महामारीका कारण खर्च नहुँदा र खाद्यन्न पसलमा मुल्य बृद्धि हुँदा २ करोड १० लाख मानिसले पर्याप्त खान नपाएको व्युरोले जनाएको छ।

व्युरोले घरपरिवारमा गरेको सर्वेक्षणअनुसार यसै डिसेम्बरको सुरुमा कुल शहरबासीमध्ये ९.७ घरपरिवारले पर्याप्त खानबाट बन्चित भएका थिए। क्रेडिट भुक्तानी समाप्त भएपछि न्यून आय भएका परिवारमा पुनः आर्थिक दबाब पर्न सक्ने व्युरोले अनुमान गरेको छ।

अघिल्लो वर्षको तुलनामा अमेरिकामा खाद्यन्नको मुल्य ६.४ प्रतिशतले बढेको छ। फुड ब्यांकमा खाद्यन्नको माग बढ्दो छ भने अस्पतालमा उपचारका लागि जाने कुपोषण र दुव्लाएका बच्चाहरुको सख्ंया बढ्दो छ। 

६ वर्षमुनिका बालबालिका अभिभावकले प्रतिमहिना ३०० डलर र १८ वर्ष उमेर समूहका बच्चाका अभिभावकले प्रतिमहिना २५० डलर पाउँछन्।एजेन्सी

प्रकाशित मिति: : 2021-12-23 15:20:00

प्रतिकृया दिनुहोस्