शनिबार, १२ जुलाई २०२५

माओवादीकाे राष्ट्रिय सम्मेलनका लागि कर्णालीबाट ८८ प्रतिनिधि छनोट, कुन जिल्लाबाट कति ?

बिएल संवाददाता

बिएल संवाददाता

सुर्खेत
2021-12-22 10:23:00
File Photo
• • •

नेकपा (माओवादी केन्द्र) राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुंगाे लगाएको छ। ११ पुसबाट हुने काठमाडौंमा हुने सम्मेलनका लागि कर्णाली प्रदेशबाट ८८ जना प्रतिनिधि सहभागी हुनेछन्।

पार्टीको सर्कुलर अनुसार १५ सय सदस्य बराबर एक जना सम्मेलन प्रतिनिधि र संघीय संसद्को निर्वाचन क्षेत्रबाट दुई जना प्रतिनिधि छनोट गरिएको माओवादी केन्द्र कर्णाली प्रदेशले जनाएको छ।

कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी रुकुम पश्चिमबाट १५ र सबैभन्दा कम डोल्पा जिल्लाबाट तीन जना प्रतिनिधि छनोट छन्। अन्य जिल्लाबाट राष्ट्रिय सम्मेलनका लागि सहभागी हुने प्रतिनिधिमा सल्यान र कालीकोटबाट ११-११ जना, सुर्खेत र जाजारकोटबाट १०-१० जना छनाेट भएका छन्।

मुगुबाट पाँच जना, दैलेख, जुम्ला र हुम्लाबाट सात-सात जना जना प्रतिनिधि छनोट भएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?