रिसाइरहने र झर्किरहने बालबालिकालाई यसरी गर्नुहोस् 'कन्ट्रोल' !

Growing Early Minds
Growing Early Minds

धेरैजसो अभिभावकहरुका लागि टाउको दुखाइको विषय हो, बच्चाहरु झनक्क रिसाउनु। बालबालिकाहरुलाई केही भन्नै नहुने, झर्किने, रिसाउने जवाफ फर्काइहाल्ने बानीले धेरै अभिभावक दिक्क हुने गर्छ। बालबालिकाहरु रिसाउनु वा भलकनर्स भनेको कारात्मक भावनालाई प्रस्तुत गर्नु हो। तर बच्चाहरुको यस्तो बानीलाई पनि हटाउन सकिन्छ। जसका लागि यी उपाय अपनाउन जरुरी छ।

बालबालिकालाई सुरक्षा दिनुहोस् 
यदि बालबालिका रिसाएर बसेको छ र बोल्नै चाहेनन् भने पनि उनीहरूलाई सुरक्षित राख्न जरुरी हुन्छ। बालबालिकालाई समयको अभावले ध्यान दिन नसक्दा पनि उनीहरूलाई आफ्नो मनमा लागेका कुरा आफ्नै शब्दमा राख्ने मौका दिनुपर्छ। त्यसो गर्दा उनीहरूको रिस बिस्तारै नियन्त्रण हुँदै जान्छ र आफू सुरक्षित भएको महसुस गर्न सक्छन्। 

शान्त रहनुहोस् 
यदि बालबालिका रिसाइरहेका छन्, झर्किरहेका छन् भने उनीहरूको आवश्यकतालाई त्यहीँ बसेर तिरस्कार गर्नु हुँदैन। केही आफैँले चाहिएको जस्तो नपाएर अथवा भनेको जस्तो नभएर बच्चा रिसाइरहेका छन् भने उनीहरूलाई त्यो कुराबाट बाहिर निकाल्न कोसिस गर्नुपर्छ। कहिलेकाही विषयवस्तु नै परिवर्तन गर्ने कोसिस गर्नुपर्छ। 

बालबालिकाको समय तालिका पछ्याउन सहयोग गर्नुहोस् 
बालबालिकालाई निद्रा पुगेन, भोक लाग्यो, थकान महसुस भयो भने उनीहरू धेरै रिसाउने, झर्किने गर्न थाल्छन्। जब उनीहरुको भोक, थकान र निद्राको समस्या समाधान हुन्छ त्यसपछि आफैँ प्रेमपूर्वक आमा बुबाको काखमा आउँछन्।  

बालबालिकालाई आफ्नो भावनाबारे बताउन प्रोत्साहन गर्नुहोस् 
आफ्ना बालबालिकालाई मनका भावना प्रस्तुत गर्ने शब्दावली सिकाउनुपर्छ। रिसाइरहेका बच्चासँग कुरा गर्दा आरामसँग, शान्तसँग कुरा गर्नुपर्छ।

 

प्रकाशित मिति: : 2021-12-20 21:40:00

प्रतिकृया दिनुहोस्