स्टडी ग्रुपले गर्‍यो फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीसँग नयाँँ सम्झौता

अन्तर्राष्ट्रिय शैक्षिक सेवाप्रदायक अग्रणी संस्था– स्टडी ग्रुपले फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीसँग नयाँ सम्झौता गरेको छ।

फ्लोरिडा एट्लान्टिक युनिभर्सिटी युएस् न्युज डट कम र वर्ल्ड रिपोर्टको टप पब्लिकहाइयर एडुकेसन इन्स्टिच्युसनमा पर्न सफल विश्वविद्यालय हो।यो विश्वविद्यालयमा तीस हजारभन्दा बढी अण्डर–ग्र्याजुएट र पोस्ट–ग्र्याजुएट विद्यार्थीहरु अध्ययनरत छन्।

यो विश्व–विद्यालयले आफ्ना विद्यार्थीहरुलाई पढाइ सकिएपछि गूगल, एप्पल र जेनेरल मोटर्स र प्राइस वाटर हाउस कुपर्सजस्ता ग्लोबल कम्पनीहरुमा चार हजार आठ सयभन्दा बढी इन्टर्नशिप प्लेस्मेन्टको सुविधा उपलब्ध गराएको छ।

फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीले विद्यार्थीको प्रोफेसनलकार्यक्षमता अभिवृद्धि गर्ने काम पहिलो प्राथमिकतामा राख्छ। स्टडी ग्रुपको मुख्य उद्धेश्य पनिविद्यार्थीको प्रोफेसनलकार्यक्षमता अभिव्रिद्धी गर्ने नै हो।

स्टडी ग्रूप फ्लोरिडा एट्लान्तिक युनिभर्सिटीको बृहत् शैक्षिक कार्यक्रमहरुमा अन्तर्राष्ट्रिय विध्यार्थीहरु भर्ना गर्न विश्वासिलो साझेदार हो। स्टडी ग्रूपले विश्वभरिका यस्तै ५० युनिभर्सिटीहरुसँग मिलेर ग्लोबल एजुकेसनसम्बन्धी शैक्षिक परामर्श गर्दै आइरहेको छ।

स्टडी ग्रुप हालसालै ग्लोबल एजुकेसन इन्न्भेस्टर अवार्ड्समा पाथ वे प्रोभाइडर अफ द इयर पनि हुन सफल भएको थियो।

स्टडी ग्रुपका सिइओ एम्मा ल्यान्कास्टरले भने, ‘अमेरिका अध्ययनको लागि आउन चाहने विद्यार्थीहरुमध्ये धेरैको रोजाइमा साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथ्म्याटिक्स (एस.टी.ई.एम) अन्तर्गतका विषयहरु पर्छन्। त्यसैले हामीले यीविधाहरुमा धेरै प्राथमिकता दिएर उल्लेखनीय लगानी गरेका छौँ। हाम्रो बोकारतोनमा अवस्थित विश्वविद्यालयको मुख्य भवन पनि एकदमै शान्दा र र सुन्दर छ। हामी अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीको अध्ययन अनुभव प्रदान गर्न अत्यन्त उत्साहित छौँ।'

स्टडी ग्रुपको टिमले फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीको अन्तरराष्ट्रिय विद्यार्थी भर्ना लक्ष्य पुरा गर्न पनि सहयोग गर्नेछ।

जसले अहिलेको डिजिटल संसारमा स्थानीय विद्यार्थीहरुलाई संसारभरिका विद्यार्थीहरुसँग एक–अर्कासँग घुलमिल हुँदै सिक्ने र एक–अर्काको भाषा, संस्कृति र परम्परालाई बुझ्ने अवसर प्रदान गर्नेछ।

पार्ट्नरशिपलाई स्वागतगर्दै फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीका सिनियर असोसियट प्रोभोस्ट रस इभीले भने, 'हामी स्टडी ग्रुपसँगमिलेर कामगर्न पाएकोमाअत्यन्तै हर्षित छौँ र अन्तर–राष्ट्रिय विद्यार्थीहरुलाई हाम्रो आधुनिक र शान्दार क्याम्पसमा स्वागतगर्न उत्साहित छौँ।'

स्टडी ग्रुपले फेबअरी २०२२ बाट अन्तरराष्ट्रिय विद्यार्थी भर्ना लिन शुरु गर्नेछ। र २०२२ को फलमाउनीहरु युनिभर्सिटी जान पाउनेछन्।

प्रकाशित मिति: : 2021-12-20 14:43:00

प्रतिकृया दिनुहोस्