धितोपत्र बोर्ड र नेप्से लामो समयदेखि नेतृत्वविहीन, नियुक्तिमा ढिलाइ

File photo
File photo

 बैंकमा तरलता अभावका कारण सेयरबजार अस्थिर बनिरहेका बेला बजारलाई नियमन गर्ने दुवै निकाय भने नेतृत्वविहीन छन्।

नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख पद रिक्त रहेको तीन महिना भइसक्दा पनि नयाँ नियुक्ति हुन सकेको छैन।

सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि नेप्सेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका थिए भने सेवनका अध्यक्ष भिष्मराज ढुंगानालाई भने अर्थ मन्त्रालयले बर्खास्ती गरेको हो।

नेप्से सीईओ साउदले ८ भदाैमा राजीनामा दिएका थिए । त्यसपछि ११ असोजमा मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्ष ढुंगानाले राजीनामा दिएका थिए।

अर्थ मन्त्रालयले सेबोनको अध्यक्ष नियुक्तिका लागि ११ कात्तिकमा खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि आवेदन मागेको थियो। तर मन्त्रालयले छनोट प्रक्रिया भने अघि बढाएको छैन।

यसैगरी नेप्सेको सीईओ नियुक्तिका लागि भने कुनै प्रक्रिया नै सुरु हुन सकेको छैन। बोर्ड नेतृत्वविहीन हुँदा कम्पनीहरूको सेयर निष्काशन स्वीकृति समेत रोकिएको छ।

प्रकाशित मिति: : 2021-12-20 14:42:00

प्रतिकृया दिनुहोस्