एसि मिलानलाई पराजित गर्दै नापोली शीर्ष दुईमा 

napoli.jpg
napoli.jpg

इटालीयन सिरि ए फुटबलमा एसि मिलानलाई पराजित गर्दै नापोली शीर्ष दुईमा उक्लिएको छ। 

आइतबार राति घरेलु मैदान सान सिरोमा मिलन नापोलीसँग १-० अन्तरले पराजित भएको हो। नापोलीको जितमा पाँचौ मिनेटमा इलिफ इल्मासले निर्णायक गोल गरे। 

बाँकी समय दुबै टोलीले गोलका केहि अवसर शृजना गरेपनि सदूपयोग गर्न सकेनन्।  जितसँगै नापोली लिगको दोस्रो स्थानमा उक्लिएको छ। 

एसी मिलानसँग ३९ अंकको बराबरी भएपनि हेट टु हेडमा अघि रहेको हो। दुवै टिम शीर्ष स्थानको इन्टर मिलानभन्दा चार अंकले पछि छन्। 

प्रकाशित मिति: : 2021-12-20 09:34:00

प्रतिकृया दिनुहोस्