२०२१ मा छुट्टिएका यी चर्चित जोडी

बलिउड र हलिउडमा केही यस्ता जोडी छन्, जसको डिभोर्सको खबरले उनीहरुका फ्यानलाई निकै दुःखी बनायो। सन् २०२१ लाई हेर्ने हो भने बलिउडदेखि हलिउडसम्मका केही लोकप्रिय जोडीको सम्बन्धविच्छेदले सामाजिक सञ्जालदेखि फिल्म उद्योगमै तरंग ल्याइदियो।

करण मेहरा र निशा रावल

टेलिभिजनको सुन्दर जोडी करण मेहरा र निशा रावलका लागि सन् २०२१ दुःखदपूर्ण रह्यो। सन् २०१२ मा हाँसीखुशी विवाह गरेका यो जोडी २०२१ मा अलग्गिए। निशाले करण र उनको परिवारलाई आफुमाथि कुटपिट गरेको आरोपसम्म लगाइन्। करणले पनि निशालाई दिमागी रुपले बिरामी भएको आरोप लगाए। दुवैको झगडा लामो समयसम्म चल्यो। आरोप प्रत्यारोपबीच उनीहरुले डिभोर्स दिए।

Mpbreakingnews.in

नुसरत जहाँ र निखिल जैन

अभिनेत्री र तृणमूल काँग्रेसकी एपमी नुसरत जहाँले पति निखिल जैनलाइ नोभेम्बर २०२० मा छोडिदिइन्। यद्यपि सन् २०२१ मा नुसरतले यो कुराको घोषणा गरिन्। उनले निखिलसँग आफ्नो विवाहलाई अमान्य बताएर सर्वसाधारणलाई आश्चर्यमा पारेकी थिइन्। यता निखिलले नुसरतमाथि धोका दिएको आरोप लगाए। नुसरतको अभिनेता यश दासगुप्तासँगको सम्बन्ध र गर्भवतीसम्म भएको खबरले खुबै चर्चा पायो। जुन चर्चा वास्तविकमा सत्य साबित भयो।

Vedicgyaan.in

किम कार्दाशियाँ र कान्ये वेस्ट

हलिउड सेलिब्रेटी किम कार्दाशियाँ र उनका पति कान्ये वेस्ट अलग्गिएको खबर अर्को आश्चर्यजनक खबर थियो। किमले आफू र कान्ये अलग्गिएको घोषणा गरेकी थिइन्। यसअघि कान्येले सामाजिक सञ्जालमा निकै नाटक गरेका थिए। कान्येले केही दिन अघिमात्र किमलाई अन्तिम मौका दिने बताएका थिए। तर किमले यो कुरालाई वास्ता गरिनन्।

आमिर खान र किरण राव

बलिउड अभिनेता आमिर खान र निर्मात्री तथा लेखक किरण राव अलग्गिएको घोषणा गर्नु सन् २०२१ को सबैभन्दा दुःखद पक्ष थियो। आमिर र किरणले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै आफूहरुले १५ वर्षे वैवाहिक सम्बन्धलाई टुंग्याएको जनाएका थिए। आफूहरु अलग्गिए पनि छोरा आजादको पालनपोषणमा सहकार्य गर्ने उनीहरुको भनाइ थियो।

समान्था रुथ प्रभु र नागा चैतन्य

दक्षिण भारतीय फिल्मकी अभिनेत्री समान्था रुथ प्रभु र अभिनेता नागा चैतन्यको जोडी दक्षिण भारतीय फिल्ममा सर्वाधिक रुचाइएको जोडी हुन्। तर उनीहरु विवाहको चार वर्षपछि अलग्गिने निर्णयमा पुगे। अहिले उनीहरु आ–आफ्नो जीवनलाई अगाडि बढाइरहेका छन्।

हनी सिंह र शालिनी तलवार

बलिउडका र्‍यापर हनी सिंह र उनकी पत्नी शालिनी तलवार अलग हुन जति नाटक गरियो, सायद यो नाटक अहिलेसम्म अरु कसैले गरेका थिएनन्। सन् २०२१ मा शालिनीले हनीविरुद्ध घरेलु हिंसाको मुद्धा दर्ता गरिन्। यो मुद्धामा उनले ठूलो क्षतिपूर्तिको माग गरिन्। हनीले आफूमाथिको आरोप झुठो बताए पनि उनले सजाय भोग्नुपर्यो।

कीर्ति कुल्हारी र साहिल सहगल

बलिउड अभिनेत्री कीर्ति कुल्हारीले पति साहिल सहगलसँग सन् २०१६ मा विवाह गरेकी थिइन्। सन् २०२१ मा उनले साहिलसँग अलग्गिने निर्णय लिइन् । उनले अलग्गिने निर्णय लिए पनि कागजपत्रमा उनीहरु अझैं सँगै छन्।

news18.com

जेनिफर लोपेज र एलेक्स रोड

हलिउड अभिनेत्री जेनिफर लोपेजले आफ्नो हुनेवाला दुलाहा एलेक्स रोडसँग दुई वर्षअघिको इन्गेजमेन्टलाई सन् २०२१ मा टुंग्याइन्। एलेक्स एक विवादमा मुछिएपछि जेनिफर उनीसँग रिसाएकी थिइन्। अहिले जेनिफर बेन एप्लेकसँगको सम्बन्धमा छिन्।

प्रकाशित मिति: : 2021-12-19 15:20:00

प्रतिकृया दिनुहोस्