सेन्चुरी बैंकले गर्‍यो लाभांश घोषणा

File Photo
File Photo

सेन्चुरी कमर्सियल बैंकले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७र०७८ को नाफाबाट पाँच दशमलव ७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि शून्य दशमलव ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउनेछन्।

यसअनुसार बैंकले सभामा ५१ करोड ९४ लाख ७९ हजार ७९६ रुपैयाँ बराबरको बोनस सेयर र दुई करोड ७३ लाख ४१ हजार ३६ रुपैयाँ नगद खर्चिनेछ। गत वर्ष बैंकले पाँच दशालव २५ प्रतिशत बोनस र दुई दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
 

प्रकाशित मिति: : 2021-12-19 11:49:00

प्रतिकृया दिनुहोस्