यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर

File Photo
File Photo

नेपाल राष्ट्र बैंकले आइबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ४४ पैसा र बिक्री दर १२२ रुपैयाँ ४ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३७ रुपैयाँ ५७ पैसा र बिक्री दर १३८ रुपैयाँ २५ पैसा रहेको छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ५५ पैसा र बिक्री दर १६२ रुपैयाँ ३५ पैसा छ। यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ २५ पैसा र बिक्री दर १३२ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९६ पैसा र बिक्री दर ८७ रुपैयाँ ३९ पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ३४ पैसा रहेको छ।

जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६९ पैसा र बिक्री दर १० रुपैयाँ ७५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ३ पैसा र बिक्री दर १९ रुपैयाँ १२ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ३६ पैसा र बिक्री दर ३२ रुपैयाँ ५२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ३५ पैसा र बिक्री दर ३३ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९२ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  १० रुपैयाँ २४ पैसा र बिक्रि दर १० रुपैयाँ ३० पैसा कायम भएको छ।         

प्रकाशित मिति: : 2021-12-19 11:06:00

प्रतिकृया दिनुहोस्