योमरी पुन्ही : नेपालभाषीले देउसीभैलो–त्यःछिं त्यः खेल्ने दिन

देशसञ्चार

ईश्वरकाजी खाइजू

भक्तपुर – नेपालभाषी समुदाय कला र संस्कृति तथा संस्कारले अत्यन्त धनी र समृद्ध छ। बा¥है महिना मनाइने सोहीअनुसारको फरक फरक चाड, पर्व, तिथिमितिले पनि नेपालभाषी समुदाय संस्कृति र संस्कारमा अत्यन्त धनी रहेको पुष्टि हुन्छ। प्रत्येक तीस दिनमा एकपटक आउने पूर्णिमालाई आफ्नै मौलिकपना दिएर त्यसदिन फरक–फरक देवदेवीलाई पूजाआजा गर्ने गरिन्छ। सोहीअनुसार फरक–फरक खानेकुराका परिकार बनाएर खाने प्रचलन रहेको छ नेपालभाषी समुदायमा।

यस्तै प्रचलनमध्ये यस वर्ष आइबार परेको मंसिर पूर्णिमा महत्वपूर्ण छ। यस पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ। तर नेपालभाषी समुदायमा यस दिन योमरी (चामलको पीठोबाट बनाइएको र भित्र चाकु तथा तिल राखेर विशेष प्रकारले बफाइएको रोटी) पकाएर खाने भएकाले अरु पूर्णिमामध्ये यो महत्वपूर्ण मानिन्छ। यस पूर्णिमालाई नेपालभाषामा थिल्ला पुन्ही पनि भनिन्छ। यस दिन चामलको पीठो र चाकु तथा तिलको मिश्रण राखिएको विशेष प्रकारको योमरी खाने भएकोले योमरी पुन्हीले बढी चर्चित छ।

प्रकाशित मिति: : 2021-12-18 21:37:00

प्रतिकृया दिनुहोस्