बाढीका कारण दक्षिण सुडानमा ८३५,००० मानिस प्रभावित: राष्ट्रसंघ

बिएल संवाददाता

संयुक्त राष्ट्रसङ्घ
File Photo
File Photo

दक्षिण सुडानमा आएको बाढीले विस्थापन र हिंसाको जोखिम बढाउँदै लगेको छ।  खाद्य सुरक्षा खतरामा पारेको छ र जीविकोपार्जनमा बाधा पुगेको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ।

गत मे यता देशका करिब ८३५,००० मानिस बाढीबाट प्रभावित भएको संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयले जनाएको छ। प्रभावित भएका मध्ये ८० प्रतिशतभन्दा बढी जोङ्लेई, एकता र माथिल्लो नाइल राज्यका रहेको कार्यालयले जनाएको छ।

तेलको धनी राज्यको राजधानी बेन्टिउले छ दशकमा सबैभन्दा खराब बाढीको सामना  यस  पालि गरेको छ र राज्यका २००,०००  भन्दा बढी मानिसहरू विस्थापित भएका छन् र उनीहरूलाई सहयोगको आवश्यकता छ।

कार्यालयका अनुसार, पछिल्लो ११ महिनामा दक्षिण सुडानमा मानवीय एजेन्सीहरूले  ६१९,००० मानिसहरूलाई खानपानको व्यवस्था गरेका छन् र लगभग ४७७,००० मानिसहरूलाई आपतकालीन पानी, सरसफाइ र स्वच्छता राहत वितरण गरेका छन् भने २२७,००० मानिसहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराएको कार्यालयले जनाएको छ।

आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूका लागि नयाँ बसोबास क्षेत्रहरू पहिचान रिएकामा पाँच वर्ष मुनिका बालबालिकाहरूमा कुपोषणको चिन्ताजनक  अवस्था देखिएको छ यसले देशमा पहिले नै २० लाख  मानिस आन्तरिक रुपमा विस्थापित रहेको उल्लेख गरेको छ।

प्रकाशित मिति: : 2021-12-17 16:00:00

प्रतिकृया दिनुहोस्