कृषि विकास बैंकको लाभांश घोषणा

File photo
File photo

कृषि विकास बैंकले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषण गरेको छ। 

बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर तिर्न एक दशमलव ०५ नगद गरी कुल २१ दशमलव ०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। 

उक्त प्रस्तावित लाभांश नियामक निकाय राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले पाउनेछन्।

यस्तै, बैंकले नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६ प्रतिशत नगद लाभांश दिने जनाएको छ। गत वर्ष बैंकले १५ दशमलव ७९ प्रतिशत (करसहित) लाभांश वितरण गरेको थियो।

प्रकाशित मिति: : 2021-12-17 11:46:00

प्रतिकृया दिनुहोस्