किन समेट्ने वैकल्पिक सिकाइलाई मूलधारमा?

हिमाल खबर

नीलकमल चापागाईं

कोरोना महामारीका कारण भएको बन्दाबन्दीले जब विश्व नै ठप्प भएको भान भयो। बन्दाबन्दीको शुरूआतमा माहोल बिदामय बन्यो। सधैं व्यस्त भएका मान्छेले फुर्सद पाउँदा ‘घरै बस’ भन्ने सरकारी आदेश तलब सहितको बिदा जस्तो भयो। तर, तलब सुरक्षा नहुने दैनिक ज्यालादारीमा निर्वाह गरेकाहरूलाई आफूले काम गर्ने शहर नै बिरानो प्रतीत भयो।

शहर छाडेर गाउँ फर्कनेहरूको लर्को समाचारका विषय बने। संक्रमणको बिगबिगी बढेर टोलछिमेक आक्रान्त भएपछि भने स्थिति अस्तव्यस्त भयो। यो वैश्विक समस्याले अन्य समुदायको अलावा बालबालिकालाई ठूलो प्रभाव पार्‍यो।

बिदाका शुरूआती दिनमा रमाइलो माने पनि बालबालिकाले स्कूल जान नपाउँदा साथीभाइसँगको हेलमेल छुट्यो। बाबुआमा र नानीबाबुलाई स्थिति झर्कोलाग्दो हुँदै गएको भान भयो। यी सबैबीच शिक्षण विधिबारे विषय छलफलको केन्द्रमा रह्यो। विद्यालय बन्द हुँदा पठनपाठन बन्द भयो। यद्यपि शिक्षा वा सिकाइको क्रम त रोकिनुपर्ने थिएन।

कारणवश औपचारिक शिक्षाको प्रक्रिया रोकिंदा पढेलेखेकै घर परिवारमा त ठूलो समस्या आउनुपर्ने त थिएन, तर यो पनि एउटा समस्या नै भयो। शिक्षण संस्थाको महत्त्व आफ्नो ठाउँमा छ, तर कोभिड-१९ को कारणले हाम्रो सिकाइको पद्धति चाहिं कमजोर र सान्दर्भिक हुन नसकेको देखियो।
 

प्रकाशित मिति: : 2021-12-17 11:34:00

प्रतिकृया दिनुहोस्