नेकपा एमाले लुम्बिनी प्रदेशका नवनियुक्त अध्यक्ष राधाकृष्ण कडेलले लुम्बिनी प्रदेशमा नेकपा एमालेलाई पहिलाे शक्तिका रुपमा स्थापित गर्न रणनीतिक याेजनाका साथ लाग्ने प्रतिबद्धता जनाएका छन्।
नेकपा एमालेका सामु अनेक चुनाैती भएता पनि प्रदेशभरका नेता कार्यकर्ताहरु एकढिक्का भएर पार्टी काममा लागे आगामी तीन तहका निर्वाचनमा सजिलै पहिलाे पार्टीका रुपमा हुने समेत कडेलले जिकिर गरेका हुन्।
नेकपा एमाले केन्द्रीय कमिटीकाे मंसिर २५ र २६ गते भक्तपुरमा सम्पन्न बैठकबाट मनाेनित भएका अध्यक्ष कडेलसहितका पदाधिकारीहरुलाई आज बुटवलमा आयाेजित सपथग्रहण समाराेहमा अध्यक्ष कडेलले साे प्रतिबद्धता जनएका हुन्।
बुटवलस्थित पार्टी कार्यालयमा आयाेजित सथप ग्रहण कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले प्रदेश अध्यक्ष राधाकृष्ण कडेल, उपाध्यक्ष भाेजप्रसाद श्रेष्ठ, सचिव लक्ष्मण आचार्य, उपसचिव लिला रानालाई सपथ ग्रहण गराएका थिए।
नेकपा एमालेका पाेलिट्ब्युराे सदस्य तथा लुम्बिनी प्रदेश सह-इन्चार्ज लिला गिरिकाे अध्यक्षता तथा एमाले केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज भूमिश्वर ढकालकाे सञ्चालनमा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हाे।
सपथ ग्रहण समाराेहमा एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्मा, एमाले पाेलिट्ब्युराे सदस्यहरु लिला गिरी, दलबहादुर राना, दधिराम न्याैपाने, बैजनाथ चाैधरि, ठाकुर गैरे, खिमलाल भट्टराई, लक्षमण ज्ञवाली, खेममान खड्कालगायत केन्द्रीय सदस्य र प्रदेश सचिवालय सदस्यहरुकाे सहभागीता रहेकाे थियाे।