माउन्टेन इनर्जीको साधारणसभा २५ पुसमा, के-के छन् एजेण्डा ?

File Photo
File Photo

माउन्टेन इनर्जीले २५ पुसमा साधारणसभा बोलाएको छ। सभा अम्रापाली ब्यांक्वेट काठमाडौंमा बिहान १० बजे भर्चुअल माध्यमबाट सुरू हुनेछ।

सभा प्रयोजनार्थ कम्पनीले १२ पुसमा बुक क्लोज गर्ने भएको छ। यसअनुसार ११ पुससम्म कायम सेयरधनीले मात्र कम्पनीको सभामा सहभागिता जनाउन सक्नेछन्। सभामा आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सानसम्बन्धी प्रस्तावमा छलफल हुने लगायतका एजेण्डा छन्।

कम्पनीले २६ कात्तिकबाट ३ मंसिरसम्म १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासशन गरेको थियो । यसमध्ये दुई प्रतिशत अर्थात् ३९ हजार ३६१ कित्ता कर्मचारीलाई र पाँच प्रतिशत अर्थात् ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो।

सर्वसाधारण लगानीकर्ताले बाँकी १८ लाख ३० हजार २६५ कित्ता सेयरका लागि आवेदन दिन सक्ने व्यवस्था थियो। कम्पनीले म्याग्दीको नीलगिरी खोलामा ३८ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

प्रकाशित मिति: : 2021-12-15 15:12:00

प्रतिकृया दिनुहोस्