रुसी राष्ट्रपति पुटिन र फ्रान्सेली राष्ट्रपति म्याक्रोँबीच फोनवार्ता

File Photo
File Photo

रुसी राष्ट्रपति भ्लादिमिरि पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँबीच फोनवार्ता भएको छ। उनीहरुबीच मङ्गलबार फोनमा कुराकानी भएको बताइएको छ। उनीहरुबीचमा खासगरी युरोपेली युनियन र बेलारुसबीचको आप्रवासी विवादका विषयमा कुराकानी भएको बताइएको छ।

उनीहरुले सो विषयमा कुराकानी गर्ने क्रममा रुसी राष्ट्रपति भ्लादिमिरि पुटिनले र फ्रान्सेली राष्ट्रपति म्याक्रोँसँग यस विवादको समाधान शान्तिवार्ताबाट गर्नुपर्नेमा जोड दिएका छन्। साथै यस कुराकानीका क्रममा युक्रेनका बारेमा पनि छलफल भएको थियो। युक्रेनको पछिल्लो अवस्थाका बारेमा पुटिनले म्याक्रोँलाई जानकारी गराएका थिए।

यस वार्ताका क्रममा दुई देशका राष्ट्रप्रमुखहरुका बीचमा हालैका दिनमा विश्वमा कोभिड १९ ले पारेको प्रभावका बारेमा कुराकानी पनि भएको र उहाँहरु यो महामारीको नियन्त्रणका लागि संयुक्त रुपमा मिलेर लड्ने बारेमा सहमति भएको थियो।

प्रकाशित मिति: : 2021-12-15 12:12:00

प्रतिकृया दिनुहोस्