अन्नपूर्ण पोष्ट
कांग्रेस सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भएका छन्। राजधानीमा जारी १४औं महाधिवेशनअन्तर्गत पहिलो चरणको मतदानबाट सभापतिको टुंगो नलागेपछि दोस्रो चरणमा देउवाले दोस्रो पटक जितेका हुन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य तेज रावलका अनुसार पाँचौं पटक प्रधानमन्त्री रहेका देउवाले २ हजार ७ सय ३३ (५९.२२ प्रतिशत) मत प्राप्त गरेका छन्। सभापतिका अर्का प्रत्यासी डा. शेखरप्रसाद कोइरालाले १ हजार ८ सय ५५ (४०.७७ प्रतिशत) मत प्राप्त गरेका छन्। ४ हजार ६ सय २३ मत खसेकामा ३५ वटा बदर भएको समितिले जनाएको छ।
पहिलो चरणको मतदानमा देउवाले २ हजार २ सय ५८ मत पाएका थिए। त्यसपछि डा. कोइरालाले १ हजार ७ सय २, प्रकाशमान सिंहले ३ सय ७१, विमलेन्द्र निधिले २ सय ५० र कल्याणकुमार गुरुङले २२ मत पाएका थिए। पहिलो चरणमा जित्न उम्मेदवारले खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपथ्र्यो। त्यसरी मत नल्याएको अवस्थामा सबैभन्दा बढी मत ल्याउने दुई प्रत्यासीबीच पुन: मतदान गराउनुपर्ने व्यवस्थाअनुसार दोस्रो चरणमा निर्वाचन भएको हो।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया