‘एक चीन नीति’ खारेज गर्दै २० सांसदले गरे विधेयककाे समर्थन 

AP photo
AP photo

अमेरिकालाई ‘एक चीन नीति’ को खारेज गर्दै स्वतन्त्र ताइवानसँग कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्न आह्वान गर्दै पेश गरिएको विधेयकमा २० सांसदले समर्थन गरेका छन्। 

मार्च १ मा, सांसदहरु टम टिफनी र स्कट पेरीले एउटा विधेयक पेश गरेका थिए। जसमा अमेरिकालाई एक चीन नीति त्याग्न गर्न र ताइवानसँग औपचारिक सम्बन्ध पुनः सुरु गर्न आह्वान गरिएको थियो।

अमेरिका ताइवान स्वतन्त्र व्यापार सम्झौतामा वार्ता सुरु गर्न पनि उक्त विधेयकमा भनिएको थियो। विगत नौ महिनामा, उक्त विधेयकमा थप १८ सांसदहरुले समर्थन गरेका छन्। 

टिफनी र पेरीबाहेक सांसदहरु डग लामाल्फा, डेबी लेस्को, डायना हर्षबर्गर, निकोल मल्लियोटाकिस, स्कट डेसजारलाइस, ग्रेगरी डब्लू स्टुब, राल्फ नर्मन, लिसा म्याक्लेन, ग्लेन ग्रोथम्यान, क्याट क्याम्याक, ट्रेसी मिलन, ट्रेसी मिलन, , लुई गोहमर्ट, र ब्रायन बेबिनले विधेयकमा समर्थन जनाएका हुन्।

टिफनीको कार्यालयले सोमबार ताइवान समाचारलाई जानकारी दिँदै विधेयकमा समर्थन गर्नेको कुल संख्या २० पुगेको जनाएको छ। 

टिफनीका प्रवक्ताले समर्थन बढ्दै जानुले क्यापिटल हिलमा अमेरिका ताइवान नीतिमा परिवर्तनको लागि बढ्दो समर्थनलाई स्पस्ट पारेको बताए। 

उक्त विधेयमा समर्थन गर्ने सांसदहरु रिपब्लिकन भएको तर कांग्रेसले अर्को वर्ष प्रयासलाई द्विपक्षीय बनाउने आशाका साथ डेमोक्र्याटसम्म पुग्न खोजिरहेको उनले बताइन्।

डिसेम्बर ३ मा पोस्ट गरिएको ट्विटमा टिफनीले लेखेकी छन्, ‘कार्टर युगको एक चीन नीति गलत छ, पुरानो भइसकेको छ। अमेरिकाले उदाहरणको रूपमा नेतृत्व गर्ने र ताइवानलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने समय यही हो।’ 

प्रकाशित मिति: : 2021-12-15 11:25:00

प्रतिकृया दिनुहोस्