शनिबार, १२ जुलाई २०२५

माओवादीको कर्णाली प्रदेश अध्यक्षमा केसीको सम्भावना बलियो

बिएल संवाददाता

बिएल संवाददाता

जुम्ला
2021-12-15 11:26:00
File Photo
• • •

नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश नेतृत्व आज चयन हुँदैछ। सर्वसम्मत चयन भएका २ सय ११ जना प्रदेश सदस्यमध्येबाट नेतृत्वसहित पदाधिकारी चयनका लागि बुधबार बिहान ११ बजे बैठक बोलाइएको छ।

यसअघि माओवादीले सबै जिल्लाबाट समानुपातिक प्रतिनिधित्व हुने गरी प्रदेश सदस्य चयन गरेको थियो। जसमा रुकुम पश्चिमबाट ३२, सल्यानबाट २९, कालीकोटबाट २९, जाजरकोटबाट २६, सुर्खेतबाट २१, जुम्लाबाट १८, हुम्लाबाट १८, दैलेखबाट १७, डोल्पाबाट ११, र मुगुबाट १० जना चयन भएका छन्।

माओवादी केन्द्रले प्रदेश समितिमा महिला ३५ प्रतिशत, दलित २५ प्रतिशत, युवा २० प्रतिशत र अल्पसंख्यक ५ प्रतिशत समेट्ने गरी विधान निर्माण गरेको जनाएको छ।

प्रदेश अध्यक्षमा उम्मेदवार पुर्व मन्त्री विमला केसी अध्यक्ष बन्ने सम्भावना देखिएको छ। उनले प्रदेश सम्मेलन सुरु भएदेखि नै अध्यक्षमा दावेदारिता पेश गरेकी थिइन्।

'केसी अध्यक्ष बन्नेमा करिव निश्चितजस्तै भएको छ,' एक नेताले भने, 'सबैजना उहाँको पक्षमै देखिएका छन्। केन्द्रीय सदस्यहरु प्रदेशमा नआउने भएपछि उहाँ बलियो दाबेदार बन्नुभएको छ।'

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस १२ र १३ गते काठमाडौंमा हुँदैछ। त्यसका लागि वडा हुँदै मंसिर २५ र २६ गते प्रदेश सम्मेलन गरिएको थियो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?