बेलायतले ११ देशलाई कोभिड ‘रेड लिस्ट’​​​​​​​बाट हटाउने

Photo: BBC

बेलायत सरकारले बुधबारदेखि ओमिक्रोन भेरियन्ट नियन्त्रणका लागि यात्रा प्रतिवन्धित ११ देशहरू रेड लिस्ट (रातो सूची)बाट हटाउने ब्रिटिस सरकारका स्वास्थ्य सचिव साजिददले बताएका छन्।

नयाँ ओमिक्रोन भेरियन्ट पहिलोपटक दक्षिणी अफ्रिका र हङकङमा पत्ता लागेको थियो। याे भाइरस देशका विभिन्न क्षेत्रमा फैलिसकेकाे छ। ब्रिटिस सरकारले नोभेम्बरको अन्त्यबाट ११ अफ्रिकी देशलाई रातो सूचीमा राखेकाे थियो।

बेलायतले आफ्ना नागरिक वा ती राष्ट्रहरूबाट आएका बासिन्दाहरूलाई होटलमा क्वारेन्टाइन बस्नुपर्ने नियमसहित आवगमनको लागि अनुमति दिएको थियो। बेलायतमा ओमिक्रोन सामुदायिक स्तर र संसारभरि व्यापक रूपमा फैलिएको छ। देशभित्रकाे यात्राकाे क्रममा अब ओमिक्रोनको घुसपैठ कम गर्न प्रभावकारी कदम चाल्ने सचिव जाभिदले बताएका छन्।

'हामी भोलि बिहान ४ बजेदेखि लागू हुने गरी ट्राभल रेड लिस्टबाट ११ देशलाई हटाउने छौँ,' उनले भने। रातो सूचीबाट हटाइएका ११ देशहरूमा अंगोला, बोत्सवाना, इस्वाटिनी, लेसोथो, मलावी, मोजाम्बिक, नामिबिया, नाइजेरिया, दक्षिण अफ्रिका, जाम्बिया र जिम्बाब्वे रहेका छन्।

बेलायतले ओमिक्रोनको ४ हजार ७ सय भन्दा बढी केसहरू फेला पारेकाे छ। जसमा १० जना अस्पतालमा भर्ना भएका छन्। एक व्यक्तिको ओमिक्रोन भेरियन्टबाट मृत्यु भैसकेकाे छ।

मंगलबार प्रधानमन्त्री बोरिस जोनसनले बेलायतले ओमिक्रोन केसहरूमा तीब्र वृद्दिको सामना गरिरहेको बताएका छन्। ट्राभल कम्पनीहरूले सरकारलाई जतिसक्दो चाँडो प्रतिबन्ध कम गर्न आग्रह गरेका थिए। बेलायतले अझै पनि सबै आगन्तुक यात्रुहरूलाई पिसिआर वा द्रुत परीक्षण प्रस्थान गर्नुभन्दा बढीमा ४८ घण्टा लिन आवश्यक हुने बताएका छन्।

ट्राभल एसोसिएसन एबीटीएका प्रमुख कार्यकारी मार्क तान्जरले रातो सूचीबाट हटाउनुलाई स्वागत गर्दै खुसी व्यक्त गरेका छन्।

प्रकाशित मिति: : 2021-12-15 06:08:00

प्रतिकृया दिनुहोस्