अन्नपूर्ण पोष्ट
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को विवादास्पद अभिव्यक्तिलगत्तै सेयर बजारमा ठूलो पहिरो गएको छ। दाहालले शनिबार सेयरलाई साम्राज्यवादको विकसित रूप भनेका थिए। उक्त अभिव्यक्तिको सामाजिक सञ्जालदेखि जताततै आलोचना भएको छ।
दाहालले नकारात्मक टिप्पणी गरेसँगै नेप्से सूचक १६८ अंकले घटेर २२८१.६७ बिन्दुमा झरेको छ। सोमबार ३ अर्ब ९९ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ। बजार पुँजीकरणका हिसाबले दुई दिनमा लगानीकर्ताले २ खर्ब ३६ अर्ब रुपैयाँ गुमाएका छन्। सोमबारको पुँजीकरण ३२ खर्ब ७ अर्बमा सीमित हुन पुगेको छ।
सेयर बजार ४४ खर्बको पुगेको थियो। पछिल्लो समय घटेर ३२ खर्बमा खुम्चिँदा लगानीकर्तामा निराशा छाएको छ। १२ खर्ब रुपैयाँ गुमेसँगै लगानीकर्ता सरकारप्रति आक्रामक बन्न थालेका छन्। दाहालको पुँजी बजारविरोधी भाषणले रुष्ट लगानीकर्ताले विरोध कार्यक्रमै गरे। यससँगै लगानीकर्ताका सबै संघ–संस्थाका संंयुक्त कार्यदलले तीन वर्षअघि सरकारले लगानीकर्तासँग पुँजीबजार सुधारका लागि गरेको ५८ बुँदे सुझावअन्तर्गतका बाँकी काम गर्न सोमबार ध्यानाकर्षण गराएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया