अन्नपूर्ण पोष्ट
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को विवादास्पद अभिव्यक्तिलगत्तै सेयर बजारमा ठूलो पहिरो गएको छ। दाहालले शनिबार सेयरलाई साम्राज्यवादको विकसित रूप भनेका थिए। उक्त अभिव्यक्तिको सामाजिक सञ्जालदेखि जताततै आलोचना भएको छ।
दाहालले नकारात्मक टिप्पणी गरेसँगै नेप्से सूचक १६८ अंकले घटेर २२८१.६७ बिन्दुमा झरेको छ। सोमबार ३ अर्ब ९९ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ। बजार पुँजीकरणका हिसाबले दुई दिनमा लगानीकर्ताले २ खर्ब ३६ अर्ब रुपैयाँ गुमाएका छन्। सोमबारको पुँजीकरण ३२ खर्ब ७ अर्बमा सीमित हुन पुगेको छ।
सेयर बजार ४४ खर्बको पुगेको थियो। पछिल्लो समय घटेर ३२ खर्बमा खुम्चिँदा लगानीकर्तामा निराशा छाएको छ। १२ खर्ब रुपैयाँ गुमेसँगै लगानीकर्ता सरकारप्रति आक्रामक बन्न थालेका छन्। दाहालको पुँजी बजारविरोधी भाषणले रुष्ट लगानीकर्ताले विरोध कार्यक्रमै गरे। यससँगै लगानीकर्ताका सबै संघ–संस्थाका संंयुक्त कार्यदलले तीन वर्षअघि सरकारले लगानीकर्तासँग पुँजीबजार सुधारका लागि गरेको ५८ बुँदे सुझावअन्तर्गतका बाँकी काम गर्न सोमबार ध्यानाकर्षण गराएको छ।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया