दक्षिण कोरियाको रासायनिक कारखानामा विष्फोट हुँदा दुईको मृत्यु

दक्षिण कोरियाको एक रासायनिक कारखानामा विष्फोट हुँदा दुई कामदारको मृत्यु हुनाका साथै एक जना बेपत्ता भएको योनहाप समाचार एजेन्सीले सोमबार जनाएको छ।

विष्फोट दिउँसो १ः३७, स्थानीय समयानुसार (०४३७ जीएमटी) राजधानी सियोलबाट करिब ४५० किलोमिटर दक्षिणमा रहेको येओसु सहरको येओसु औद्योगिक परिसरमा रहेको रासायनिक कारखानामा भएको थियो।

कारखानाको केमिकल भण्डारण केन्द्रमा सात जना काम गरिरहेका थिए। दुई जना नजिकैको प्लान्टमा मृत फेला परेका थिए भने अर्का बेपत्ता छन्। अन्य चार सुरक्षित रहेको पुष्टि भएको छ।

विष्फोटले आगो निम्त्याएको थियो भने कालो विषाक्त धुवाँ १० किलोमिटर टाढासम्म देखिएको पनि जनाइएको छ।

प्रकाशित मिति: : 2021-12-13 21:33:00

प्रतिकृया दिनुहोस्