बाबु अन्तरिक्षमा पुगेको ६० वर्षपछि छोरीको अन्तरिक्ष यात्रा

Image credit: Blue Origin
Image credit: Blue Origin

अमेरिकाका प्रथम अन्तरिक्षयात्री एलन शेपर्डकी छोरीले आफ्ना बाबुको मार्ग पछ्याउँदै अन्तरिक्षमा पुगेकी छन्। बाबु अन्तरिक्षमा पाइला हालेको ६० वर्षपछि छोरी लौरा शेपर्ड अन्य पाँच यात्रुसहित अन्तरिक्ष यात्रा तय गरेकी हुन्। लौरा अहिले ७४ वर्षकी भइन्।

विश्वका धनाढ्य जेफ बेजोसको ब्लू ओरिजिन नामक कम्पनीले अन्तरिक्षमा पठाएको एउटा व्यावसायिक यानबाट उनी अन्तरिक्षतर्फ प्रस्थान गरेकी हुन्।

सन् १९६१ को मे ५ मर्करी अन्तरिक्षयान चढेर एलन शेपर्ड अन्तरिक्षमा पुगेका थिए। उनको १९९८ मा मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2021-12-13 07:06:00

प्रतिकृया दिनुहोस्