राप्ती साहित्य परिषद्ले चार दर्जन स्रष्टालाई पुरस्कृत गर्दै, राप्ती बाहिरका स्रष्टा पनि पुरस्कृत हुने 

File Photo
File Photo

राप्ती साहित्य परिषद्ले चार दर्जन स्रष्टालाई पुरस्कृत गर्ने भएको छ। आफ्नो ४५औँ स्थापना दिवस एवम् १४औँ अधिवेशनका अवसरमा चार दर्जन स्रष्टालाई कदर पत्रसहित नगद पुरस्कारले पुरस्कृत गर्न लागेको हो।

आइतबार घोराहीमा परिषद्ले पत्रकार सम्मेलन गर्दै पुस १६ र १७ गते हुने अधिवेशनका अवसरमा स्रष्टालाई पुरस्कृत गर्न लागेको जानकारी दिएको छ।

त्यस्तै पुरस्कार अक्षकोष संस्थापक, अग्रज साहित्यकार एवम् संस्थालाई पनि सम्मान गरिने  राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोतम खनालले जानकारी दिए।

दुई दिनसम्म चल्ने कार्यक्रममा पुस १६ गते पुरस्कार वितरण र स्रष्टा सम्मान कार्यक्रम, १७ गते १४औँ अधिवेशन एवम् २२औँ साधारण सभा गरिने प्रचार प्रसार उपसमितिका संयोजक मद्यमप्रसाद शर्माले जानकारी दिए।

साविकको राप्ती अञ्चलका जिल्लाहरुमा शाखा विस्तार गरी यस परिषद्ले विभिन्न साहित्यिक गतिविधि गर्दै आएको छ। दाङमा केन्द्रीय कार्यालय रहेको परिषद्ले हरेक वर्ष स्थापना दिवसका अवसरमा स्रष्टा सम्मान कार्यक्रम गर्दै आएको छ।

तर गत वर्ष कोरोना  महामारीका कारण अधिवेशन नगरेको परिषद्ले यस वर्ष ०६७ र ७७ को एकै पटक स्रष्टा सम्मान कार्यक्रम गर्न लागेको छ।  २०३४ सालमा दाङमा स्थापना भएको राप्ती साहित्य परिषद्ले साविकको राप्ती अञ्चलका जिल्लासहित पूर्वी रुकुममा पनि आफ्नो शाखा विस्तार गरेको छ।

राप्ती बाहिरका स्रष्टा पनि पुरस्कृत हुँदै

अघिल्लो वर्षहरुमा यस राप्ती साहित्य परिषद्ले साविकको राप्ती अञ्चलभित्र पर्ने जिल्ला दाङ, साल्यान, रुकुम, रोल्पा र प्युठानका स्रष्टालाई मात्र सम्मान गर्दै आएको थियो। यस वर्षबाट भने विस्तारै बाहिरी जिल्लाका स्रष्टालाई पनि सम्मान गर्न लागेको प्रचार प्रसार उपसमितिका संयोजक शर्माले जानकारी दिए।

जसअन्तरगत प्रेम नारायण सावित्रा हेमकुमारी प्रज्ञा पुरस्कार २०७७ बाट भक्तपुरका निलमकुमार न्यौपाने पुरस्कृति हुन लागेका छन्। त्यस्तै गोपालचन्द्र प्रज्ञा पुरस्कार २०७७ बाट नवलपरासीका भेषराज रिजाल पुरस्कृत हुन लागेका छन्।

यी हुन् अन्य पुरस्कृत हुने स्रष्टाहरु

राप्ती साहित्य पुरस्कार ०६७ बाट सल्यानका मनोहर लामिछाने र ७७ बाट दाङकी डा. विन्दु शर्मा पुरस्कृत हुनु लागेका छन्।

त्यस्तै विष्णुनुमा पुरस्कार ०७६ बाट दाङकी विन्दु शर्मा, ७७ बाट दाङकै संगीता उपाध्याय, दीलसरी दल अतिरिक्त पुरस्कार ०७७ बाट रोल्पाका जिवन प्रवेश रोका मगर, नन्दहरी पुरस्कार ०७६ बाट दाङ देउखुरीका जगतराम यादव, ७७ बाट देउखुरीकै बलबहादुर घर्ती, डोमादेवी साहित्य पुरस्कार ०७६ बाट दाङका शरद अधिकारी, ०७७ बाट प्यूठानका पुष्कर रिजाल ‘पुष्कर’ पुरस्कृत हुन लागेका छन्।

त्यसैगरी ऋषिलक्ष्मी साहित्य पुरस्कार ०७७ बाट बाँकेका किरण आचार्य, पद्याकूल हाँस्यब्यङ्गे पुरस्कार ०७६ बाट दाङका लोकराज पराजुली, देवीचन्द्र साहित्य पुरस्कार ०६७ बाट दाङका प्रा. डा. सुदन पौडेल, ७७ बाट रुकुम पश्चिमका पूर्ण आले, अमामुकुन्द प्रज्ञा पुरस्कार ०६७ बाट सल्यानका आइ वी जिएम ‘वियोगी’, ०७७ बाट रुकुम पश्चिमका प्रमोद कुमार शर्मा, गोपालचन्द्र पज्ञा पुरस्कार ०७६ बाट रोल्पाका गणेश सुवेदी पुरस्कृत हुन लागेका छन्।

हरिप्रसाद पाण्डे मिना पाण्डे कला साहित्य पुरस्कार ०६७ बाट दाङका यागेश्वर बस्नेत, ७७ बाट दाङकै आदिम केसी, खोविलाल हुकुमादेवी छन्द पुरस्कार ०७६ बाट  दाङका डा. हिमलाल पन्थी, ७७ बाट पुष्कर शर्मा, पद्यप्रसाद रुपसा प्रज्ञा पुरस्कार ०७६ बाट दाङका बसन्त राठौर, ७७ बाट दाङकै राजेश क्षेत्री, पण्डित कपिलमुनी भक्तकुमारी पुरस्कार ०७६ बाट रोल्पाका चर्चित बाबु ‘मर्सिफुल’ ७७ बाट दाङका प्रतीक संगामीलगायत पुरस्कृत हुन लागेको राप्ती राहित्य परिषद्ले जनाएको छ।

प्रकाशित मिति: : 2021-12-12 18:09:00

प्रतिकृया दिनुहोस्