भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित

बिएल संवाददाता

नयाँ दिल्ली
File Photo
File Photo

भारतमा गत २४ घण्टामा सात हजार ७७४ जनामा कोरोना सङ्क्रमण देखा परेको छ। भारतमा अझै पनि ९२ हजार २२८ जना सक्रिय सङ्क्रमित रहेका आइतबार जनाइएको छ। यसै अवधीमा कोरोना सङ्क्रमणबाट ३०६ जनाको मृत्यु भएपछि कोरोना शुरु भएबाट हालसम्म चार लाख ७५ हजार ४३४ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ।

गएको २४ घण्टामा भारतमा आठ हजार ४६४ जना कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख २२ हजार ७९५ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन्। भारतमा कोरोना भाइरस निको हुने दर ९८.३६ प्रतिशत रहेको जनाइएको छ। यो संख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको सामाचारमा जनाइएको छ।

भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६५ करोड ५८ लाख व्यक्तिको कोरोना परिक्षण भएको छ। यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ३२ करोड ९३ लाख डोज खोप लगाइएको जनाइएको छ।

प्रकाशित मिति: : 2021-12-12 14:27:00

प्रतिकृया दिनुहोस्