काँग्रेस प्रतिनिधि भन्छन् : युवालाई नेतृत्व सुम्पिएर बूढा नेताहरूले भजन गाएर बस्नुपर्छ (भिडियो)

नेपाली काँग्रेसको १४औँ महाधिवेशन काठमाडाैँकाे भृकुटीमण्डपमा जारी छ। महाधिवेशनमा देशभरबाट पार्टी प्रतिनिधिहरू नयाँ नेतृत्व चयनका लागि काठमाडाैँमा आएका छन्। यसै महाधिवेशनमा सहभागी केही प्रतिनिधिहरूलाई बिएल नेपाली सेवाले महाधिवेशन र नयाँ नेतृत्व चयनका विषयमा केही प्रश्न साेधेकाे छ। 

– सूर्यबहादुर सुनार, साेलुखुम्बु (प्रतिनिधि) 

काँग्रेसकाे यो महाधिवेसनबाट कस्ताे नेतृत्व चाहानुहुन्छ ? 

सबैलाई मिलाएर लैजान सक्ने, देशमा शान्ति ल्याउने, विपीकाे शासन ल्याउने, गणेशमानकाे जस्ताे नेता हुनुपर्छ।  

अबको नेतृत्वले के गरिदियोस् भन्ने लाग्छ ? 

नातावाद नभई सबै सबैलाई मिलाएर लैजाने। नातावादको हिसाबले सबै ठाउँमा आफ्नाे मानिस लैजाने प्रवृति रोक्नुपर्छ।

युवा पुस्तालाई प्राथामिकता दिने कि पुरानोलाई दिने?

पहिलाकाहरुको पालो सकिनुपर्छ।बूढाहरु चाहिँ भजन, कृतन गाएर बस्नुपर्छ। अब पार्टीकाे नेतृत्व युवाकाे काँधमा आउनुपर्छ। 

अबको नेतृत्वले अपाङ्गता भएका व्यक्तिहरुलाई के गरिदियोस् चहानुहन्छ?

हामी अपाङ्गहरुलाई पनि राहत हुनुपर्याे हामीलाई बाटोमा हिँड्दा, गाडीमा चढ्दा घृणाले हेर्छन्, पैसा दिँदैनन् भनेर गाडीमा चढ्न पनि दिँदैनन्।अरू त अरू अस्पतालमा समेत समस्या भाेग्नु परेकाे छ। यी सबै ठाउँमा हाम्राे लागि राम्राे व्यवस्था गरिनुपर्छ। 

– अछिनबूढा, जुम्ला (व्यापारी)

काँग्रेसमा अबकाे नेतृत्वले के गर्नुपर्ला ? 

खासै त कोही छैन तर जनताहरुलाई राम्रो हुन पर्‍यो। सबै ठाउँमा विकास हुनु पर्याे। 

– कृष्णराज  बि. सी, काठमाडाैँ (प्रतिनिधि) 

यो महाधिवेसनबाट कस्तो नेतृत्व चयन हुनुपर्ला ? 

देशको रुपान्तरणमा प्रमुख भूमिका खेल्न सक्ने। देशमा नेतृत्वलाई गर्न सक्ने। सुशासन कायम गर्न सक्ने। देशमा रोजगारी सिर्जना गर्न सक्ने खालकाे युवा पस्तालाई समेटिनुपर्छ। 

युवा पुस्तालाई प्राथामिकता दिने कि पुरानोलाई दिने?

प्राथामिकता होइन रुपान्तरण हुन जरुरी छ। जनताले आशा गरेको युवा पुस्ताको नेतृत्व  हुनुपर्छ।

– मिथिलेस मुखिया, धनुषा

यो महाधिवेशनबाट कस्ताे नेतृत्व चाहानुहुन्छ?

यो नेपाली काँग्रेस पार्टी विपीले बनाएको पार्टी हाे। यो अधिवेशनबाट विपीले जस्ताे नेतृत्व गर्न सक्ने, नेपाललाई समृद्ध र विकसित बनाउन सक्ने खालकाे हुनुपर्छ। 

अबको नेतृत्वले मधेसमा के गर्नुपर्ने देखिन्छ?

हिमाल,पहाड, तराई एउटै हो  तर  जब मधेसी मुलमा समस्या पर्छ कुनै साथमा हुँदैन। यस्तो खालको नेतृत्व हुनुपर्छ, जसले मधेसको समस्या पनि बुझको र सुल्झाउन सक्ने हुनुपर्छ।

युवा पुस्तालाई प्राथामिकता दिने कि पुरानोलाई दिने?

अबको नेतृत्वमा युवा पुस्तालाई नै अग्रता दिनुपर्छ। युवालाई समेट्ने र पार्टीमा स्थान दिनुपर्छ।

प्रकाशित मिति: : 2021-12-12 05:16:00

प्रतिकृया दिनुहोस्