अर्पिता खानको खुलासा–‘कैटरीनाले हामीलाई विवाहमा बोलाएका छैनन्’

अभिनेता विक्की कौशल र अभिनेतृ कैटरीना कैफको विवाहको चर्चाले बलिउड तातिएको छ। 

उनीहरुले जस्थानमा विवाह गर्न लागेका छन्। जहाँ कयौँ ‘सेलिबे्रटी’ हरुको सहभागिता हुने भएको छ।

तर उनीहरुले सलमान खानका परिवारलाई विवहमा नबोलाएको भारतीयले मिडियाले बताएको छ। 

सलमानका बहिनी अर्पिता खानले एक अन्तवातामा बताएकी छन्, ‘उनीहरुलाई विवाहमा बोलाएका छैनन्।’ टाइम्स अफ इन्डियासँग कुराकानी गर्दे उनले भनिन्, ‘कसले आधारबिना नै यस्ता कुराहरु फैलाइरहेका छन्, जब हामीलाई विवाहका लागि कुनै निमन्त्रणा नै आएको छैन् त कसरी हामी विवाहमा जान सक्छौँ?’ विक्की र कैटरीनाको विवाह हुन केही पदन मात्र बाकीँ छ।  

प्रकाशित मिति: : 2021-12-09 13:52:00

प्रतिकृया दिनुहोस्