हिमालयन रिइन्स्योरेन्सको नाफा ४.७६ करोड

File Photo
File Photo

हिमालयन रिइन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७८र०७९ को पहिलो त्रैमाससम्ममा चार करोड ७६ लाख ८० हजार रुपैयाँ नाफा गरेको छ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा २०७८ असोजसम्ममा ८ करोड ८० लाख बिमा शुल्क आर्जन गरेको र एक करोड ७१ लाख खुद दावी भुक्तानी गरेको उल्लेख गरेको छ।

कम्पनीले ७ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेकोमा ३५ लाख ८१ हजार व्यवस्थापनमा ७५ लाख ६८ हजार कर्मचारी बोनसमा २ करोड ४३ लाख सरकारी करका लागि छुट्याएको छ।

हिमालयन रि देशको दोस्रो पूर्नबिमा कम्पनी हो।

हाल कम्पनीको चुक्ता पुँजी ७ अर्ब रुपैयाँ रहेको छ। कम्पनीले सर्वसाधारणका लागि छुट्याएको तीन अर्बको सेयर जारी गर्न बाँकी छ। 

प्रकाशित मिति: : 2021-12-09 10:19:00

प्रतिकृया दिनुहोस्