अन्नपूर्ण पोष्ट
राजनीति सेवा हो। तर, यसकै खुड्किलो चडेर मन्त्री पदसम्म पुग्नेहरू भ्रष्टाचारमा मुछिएका छन्। देश र जनताको हितमा काम गर्न शपथ खाए पनि सेवा नभई पैसामा बिकेको विभिन्न घटनाक्रमले देखाउँछ। मन्त्री नै स्वार्थपूर्तिका लागि भ्रष्टाचारमा मुछिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानबाट पुष्टि हुन्छ। ‘पैसा नभए पावर हुँदैन भन्ने सोचले शक्तिमा पुगेपछि भ्रष्टाचारमा संलग्न भएको भेटिन्छ,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यय भन्छन्। यस्तै सोच भएकाहरू नेतृत्वमा पुगेपछि ऐन र कानुन पनि भ्रष्टाचार नियन्त्रण गर्नेभन्दा प्रसय दिने बन्ने गरेको छ।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष पदमिनी प्रधानाङ्ग राजनीतिकको नेतृत्व गर्ने व्यक्ति र मन्त्रीकै आडमा भ्रष्टाचार मौलाएको बताउँछिन्। ‘ऐन र नियम नै आपूm अनुकूल बनाउँछन्, अनि आफ्नै हात जगन्नाथ भै हाल्यो नि !,’ उनले भनिन्। नेपालमा पदको दुरुपयोग गरेर संस्थागत रूपमा नै भ्रष्टाचार भएको प्रधानाङ्गको तर्क छ।
उच्च पदसम्म पुग्न गरेको खर्च भ्रष्टाचार गरेर असुल्न मन्त्रीले अबैध बाटो अपनाएको भेटिन्छ। दलले पनि उनीहरूलाई यस्ता कार्यमा छुट दिएको केही उदाहरणबाट पुष्टि हुन्छ। २०४६ सालको परिवर्तनपछि राजनीतिको आडमा भ्रष्टाचार मौलाएको विभिन्न तथ्यले प्रमाणित गर्छ। धमिजा, लाउडा, पजेरो, चेजएयर, सुरासुन्दरी, थाइल्याण्ड र रातो पासपोर्ट काण्ड यो समयमा नै भए। सामान्य जीवनयापन गर्ने नेता आलिसन महल, महँगा गाडीमा सवार हुन थाले। नेतामा नै जीवनयापनको शैलीमा प्रतिस्पर्धा छ। पैसाबिना चुनाव जित्न र नेता बन्न अहिले गाह्रो छ। यो प्रतिस्पर्धाले राजनीतिक क्षेत्र र नेता अझै भ्रष्ट बन्दै गएको अख्तियारको दाबी छ। अख्तियारका पूर्वआयुक्त डा. गणेशराज जोशी निर्वाचन प्रणाली र उपभोक्ता समितिको नाम राजनीतिक क्षेत्रमा बढी भ्रष्टाचार मौलाएको बताउँछन्। यस्ता विषयमा राजनीतिक नेतृत्व नै संलग्न भएको हुनाले छानबिनको दायरमा पनि कमै पुग्छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया