रूसी राष्ट्रपतिको भारत भ्रमण रक्षा र व्यापारिक शक्ति आर्जनमा केन्द्रित

File Photo
File Photo

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणले दुई देशको पुरानो सम्बन्धलाई थप मजबुत बनाएको छ। पुटिनसँगै रक्षामन्त्री र परराष्ट्रमन्त्रीले पनि भारतीय समकक्षीसँग भेटवार्ता गरेका छन्।

उक्त भेटमा रक्षा, व्यापार, ऊर्जालगायतका क्षेत्रमा सहयोगका लागि धेरै महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

भारतले रूसबाट एस–४०० मिसाइल प्रणाली किन्न र एके–२०३ राइफल निर्माण गर्न इजाजतपत्र प्राप्त गरिसकेको छ। पुटिनको भारत भ्रमणले आगामी चुनौतीबारे समीक्षा गर्दै थप रणनीति तय गरेको छ।

रूस सरकारसँग भारतको रक्षा सम्झौता नयाँ होइन तर लामो समयदेखि भारतले रक्षा उपकरण किन्दै आएको छ। भारतमै अत्याधुनिक राइफल बनाउने लाइसेन्स पाएपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो।

रक्षा सम्झौताको सन्दर्भमा पुनः दुई देशबीच दुईदिने संवादलगत्तै सम्बन्धमा थप सुधार भएको चारैतिर टिप्पणी गरिएको छ। अमेरिकाले सुरुदेखि नै रूसबाट क्षेप्यास्त्र प्रणाली खरिद नगर्न दबाब दिँदै आएको थियो तर भारतले त्यो दबाब मानेन।

रक्षा सम्झौतासँगै ऊर्जा र व्यापारको क्षेत्रमा भारतको आवश्यकतालगायत विषयमा महत्वपूर्ण छलफल भएको छ। रूससँगको सम्बन्धलाई गहिरो बनाउने सन्दर्भमा चर्चा गरिएको कूटनैतिक विश्लेषकहरू बताउँछन्।

धेरैको भनाइ छ– चीन र अमेरिकामाथि भारतको बढ्दो निर्भरता विश्वसनीय हुन सक्दैन। रूस र भारत धेरै पुराना मित्र हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुटिनसँगको भेटमा कोरोना महामारी नियन्त्रणका लागि ठूलो सहयोग गरेको बताएका छन्।

चीन र अमेरिका विस्तारवादी नीति अनुसरण गर्ने देशहरू हुन्। विगतका कतिपय घटनाहरूले दुई देशको मित्रतालाई चोट लागेको छ।

स्वाभाविक रूपमा पुटिनको यो भ्रमणलाई अनेकौँ ढंगले टिप्पणी गरिनेछ। मोदी–पुटिन भेटवार्ता रक्षा सम्झौता मात्र होइन, महत्वपूर्ण कूटनैतिक पक्ष पनि हो।

चीन र रूसबीचको सम्बन्ध राम्रो भए पनि धेरै मामिलामा तनाव कायमै छ। चीन–भारतको तनावपूर्ण सम्बन्धमा भने रूसको भूमिका गतिलो मानिदैन।

रूसमाथि निर्भरता त्यागेर भारतले व्यापार, ऊर्जा र रणनीतिक मामिलामा आफूमाथि भर परेको छ। भारतले अफगानिस्तानमा आफ्नो उपस्थिति कायम राख्नुपर्ने हुँदा पनि रूससँगको सम्बन्ध बलियो बनाउन आवश्यक छ।

चीनको विस्तारवादी नीतिलाई पनि यसबाट चुनौती मिल्ने छ किनभने उसले पनि अफगानिस्तानमा आफ्नो प्रवेश थालेको छ।

रुससँगको यो मित्रताले संयुक्त राष्ट्र संघमा भारतको स्थानलाई पनि बलियो बनाउनेछ। पुटिनको यो भ्रमण भारतका लागि मात्र नभई रूसका लागि पनि फाइदाजनक साबित हुनेछ।

प्रकाशित मिति: : 2021-12-08 13:22:00

प्रतिकृया दिनुहोस्