रातोपाटी
स्याङ्जाको आँधीखोलामा निर्माणाधीन मोटरेबल पुल सात वर्षदेखि अलपत्र परेको छ। आँधीखोला गाउँपालिका सेतीदोभानस्थित खोलामा निर्माण थालिएको मोटरेबल पुल अहिलेसम्म सम्पन्न हुन सकेको छैन।
२ करोड ८९ लाख ९५ हजार रुपैयाँको लागतमा निर्माण व्यवसायी कान्छाराम–आशेष जेभी कास्कीले पुल निर्माणको ठेक्का लिएको थियो। आँधीखोला गाउँपालिकाको ५ र ६ नम्बर वडा जोड्ने पुल निर्माणका लागि ठेक्का पारेका मुल ठेकेदार पूर्णबहादुर तामाङ (कान्छाराम) ले अर्को ठेकेदार ऋषिराम गौतमलाई निर्माणको जिम्मा लगाएका थिए।
आँधीखोलामा २०७३ साल असोजभित्र पुल निर्माण सम्पन्न गर्न २०७१ असोजमा ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो। पुल ४० मिटर लम्बाई र सात मिटर चौडाई बनाउने गरी ठेक्का सम्झौता भएको थियो। पुल निर्माणका लागि पछिल्लो पटक थपिएको म्याद गत १४ असारमा सकिएको छ। तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि ठेकेदार अहिले फेरि चैतसम्म म्याद थप्ने योजनामा छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया