
रातोपाटी
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासकमा सह–सचिव महेश भट्टराईले जिम्मेवारी सम्हालेको एक महिना नाघेको छ । अहिले भट्टराईले गरेको एउटा निर्णय चर्चामा छ । त्यो हो– विदेशबाट फर्किनेहरूले ल्याउने गरेको ५० ग्राम सुनको बालालाई उनले समातेर भन्सार महसुल तिराउने निर्णय गरेका छन् । यो निर्णयका कारण विदेशमा बस्ने नेपालीहरु नेपाल सरकारसँग चिढिएका छन् ।मंसिर १३ (सोमबार) देखि विमानस्थल भन्सार कार्यालयले विदेशबाट फर्किनेहरूले ल्याएको बालामा भन्सार शुल्क लिन थालेको छ । सोमबार यता करिब ६४ किलो सुन सङ्कलन गरिएको छ । १ हजार १५७ जनाले भन्सार तिरेर सुन लगेका छन् ।सरकारको यो निर्णयका कारण विदेशमा रोजगारी गर्ने नेपालीहरु भने रिसाएका छन् । सरकारमाथि उनीहरुको प्रश्न छ– हामीले खाडीमा पसिना बगाएर कमाएको पैसाले ५० ग्राम सुन पनि आफ्नो घरमा ल्याउन नपाइने ? तस्करी रोक्ने बाहनामा हामीमाथि अन्याय गर्ने ?
रोजगारीबाट फर्कनेहरुले कमाएर ल्याएको सुन समात्ने र कर असुल्ने कार्य सुरु भएको भन्दै वैदेशिक रोजगारीमा गएकाहरुले अर्थमन्त्री जनार्दन शर्माप्रति पनि आक्रोश पोख्न थालेका छन् ।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया