कांग्रेस प्रदेश–१ सभापतिमा उद्वव थापा विजयी, घिमिरे दुई मतले हारे 

नेपाली कांग्रेस प्रदेश १ सभापतिमा उद्वव थापा विजयी भएका छन्। संस्थापन पक्षका थापाले पौडेल-कोइराला पक्षका गुरुराज घिमिरेलाई दुई मतले हराएका हुन्।

सोमबार बिहान सार्वजनिक मतपरीणाम अनुसार थापाले ८ सय ४४ मत पाउँदा घिमिरेले ८ सय ४२ मतमा चित्त बुझाए।  अन्य पदाधिकारीमा पनि संस्थापन पक्षकाे वर्चस्व छ।  

उपसभापतिमा रमेशजंग रायमाझी (८९०) र टंक प्रसाद राई (८४७)  मतसहित विजयी भएका छन्।

त्यस्तै महामन्त्रीमा भुपेन्द्र राई (८२४) र रमेश थापा (८०३) मत ल्याएर निर्वाचित भएका छन्। सहमहामन्त्री महिलातर्फ प्रमिला गच्छदार ८३७ मत ल्याएर विजयी भएकी छिन्।

सहमहामन्त्री खुल्लातर्फ सर्वाधिक मतसहित खड्ग फागो विजयी भएका छ्न्। उनले १ हजार २६ मत प्राप्त गरेका छ्न्। सहमहामन्त्रीमा विनोदकुमार बस्नेत पनि ७ सय ४७ मत प्राप्त गरी विजयी बने।

यसैबीच सभापतिका उम्मेदवार घिमिरे पक्षले फेरि मतगणनाको माग गरेका छन्। पुन: मतगणना माग भएकोले निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन।

प्रदेश–१ को अन्तिम मत परिणाम

पदाधिकारी तर्फ :

सभापति :

१.उद्दव थापा – ८४४

२.गुरुराज घिमिरे -८४२

उपसभापति :

१.गोबिन्द प्रसाद ढुंगाना ( केदार ) -७६५

२.टंक प्रसाद राई -८४७

३.रमेशजंग रायमाझी -८९१

४.बिश्वनाथ रिजाल ( त्रिलोचन ) -६६९

महामन्त्री :

१.उमेश थापा -८२३

२.दिपन कुमार श्रेष्ठ -७६४

३.पदम सुन्दर पालुङ्गवा- ८०७

४.भुपेन्द्र राई -८२४

सह-महामन्त्री :

१.प्रमिला गछदार -८३७

२.सीता कार्की-७३३

सह-महामन्त्री :

१.खड्ग फागो -१०२६

२.रोहित कुमार शाह -६६५

३.बिनोद कुमार बस्नेत -७४७

४.विरकाजी राई -६४७

५.शुभचन्द्र राई -८४

प्रकाशित मिति: : 2021-12-06 01:03:00

प्रतिकृया दिनुहोस्