रातोपाटी
सिभिल डेभिड एण्ड क्रेडिट सहकारी संस्थाका अध्यक्ष इच्छाराज तामाङले मासिक ८ लाखसम्म तलब बुझेको पाइएको छ। तामाङले सहकारी संस्थाबाट मासिक ५ लाख र अन्य कम्पनीबाट मासिक ३ लाख रुपैयाँ तलब लिने गरेको पाइएको हो।
तर, सहकारी संस्थामै काम गर्ने कर्मचारीहरूले भने ६ महिनासम्म बेतलबी काम गरेको बताएका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को सहयोगमा सरकारी वकिलको कार्यालयले तयार पारेको अभियोग पत्रमा बयान लिनेक्रममा यस्तो खुलेको हो।
सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठले अभियोग पत्रमा बयान दिँदै भने, ‘इच्छाराज तामाङले सहकारी संस्थाबाट बैठक भत्ताबाहेक मासिक पाँच लाख रुपैयाँ पारिश्रमिक लिने गरेका छन्। साथै सिभिल ग्रुप अन्तर्गतको अन्य कम्पनीबाट मासिक तीन लाख पारिश्रमिक लिने गरेका छन्।’
अध्यक्ष श्रेष्ठले दिएको बयानले सयौँ बचतकर्ताको अर्बौँ रकम ठग्ने इच्छाराजले आफूले पारिश्रमिकबापत मोटो रकम लिने गरेको पुष्टि भएको छ। बैठक भत्ताबाहेक नै मासिक आठ लाख पारिश्रमिक लिने इच्छाराजले आफ्ना कर्मचारीलाई भने ६ महिनासम्म बेतलबी जागिर दिएको समेत खुलेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया