पिपुल्स हाइड्रोपावरको आईपीओ निष्कासन तयारी, प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ९६ लाख कित्ता शेयरको ९६ करोड वरावरको प्राथमिक शेयर निश्काशनको शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ।

उक्त हाइड्रोपावर कम्पनीको शेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा शुक्रबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रवन्ध संचालक केशव वहादुर रायमाझीले हस्ताक्षर गरेका हुन्।

उक्त हाइड्रोपावरले लमजुङको दोर्दि नदीबाट ५४ मेगावट बिद्युत् उत्पादन गर्नेछ। हाइड्रोपावरको निश्काशन तथा विक्री प्रवन्धको रुपमा सानिमा क्यापिटल रहेको छ।

सम्झौता पत्र आदान प्रदान कार्यक्रममा कोषको तर्फबाट विभागिय प्रमुख शोभा श्रेष्ठ, उपव्यवस्थापक नारायण प्रसाद घिमिरे लगायतका अधिकारी उपस्थित रहेका थिए।

प्रकाशित मिति: : 2021-12-03 16:44:00

प्रतिकृया दिनुहोस्