भारतिय अभिनेत्री अंकिता लोखंडेले आफ्नो प्रेमी विक्की जैनसँगको बिबाह अगाडिको पहिलो तस्बिर सार्वजनिक गरेकी छिन्।
अंकिताले प्रेमी विक्की जैनसँग डिसेम्बर १२ मा मुम्बईमा विवाह गर्दैछिन्। उनीहरुले शुक्रबार आफनो इन्स्टाग्राममा विवाह अगाडीका तस्बिरहरू पोष्ट गरेका छन्।
अंकिताले इन्स्टाग्राम फोटो पोष्ट गदै #AnVikikahani #preweddingfestivities" लेखेकी छिन्।
तस्बिरमा अंकिता र विक्की महाराष्ट्रीय पहिरनमा देखिएका छन्। अंकिता गुलाबी र हरियो साडी लगाएकी देखिएकी छिन भने विक्की हाइट कुर्ता लगाएका छन्।