दक्षिण अफ्रिकामा पहिलाे पटक देखा परेको कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोन संसारका धेरै देशहरूमा फैलिसकेकाे छ। भाइरसको जेनेटिक कोडमा परिवर्तन देखिएपछि २४ नेभेम्बरमा विश्व स्वास्थ संगठनले उत्त भाइरसको बारेमा जानकारी गराएको थियो।
उक्त भाइसकाे नेपाल पनि फैलिन सक्ने भन्दै धेरै मानिस त्रसित समेत भनेका छन्। त्यसमा पनि धेरै मानिसलाई यसकाे बास्तविकता समेत थाहा छैन। याे भाइरस के हाे ? कसरी फैलिन्छ ? कसरी बच्न सकिन्छ ? भन्ने बारे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा.शेरबहादुर पुनसँग बिएल नेपाली सेवाका लागि मन्दिरा अधिकारीले गरेको कुराकानी :
के हाे ओमिक्रोन भेरियण्ट ?
भेरियण्ट अफ कन्नर्शन अर्थात् ओमिक्रोन भेरियण्ट पुन: संक्रमण गराउन सक्ने भाइरस हो। यो भाइरस अरुभन्दा छिटो फैलिन सक्ने भाइरस हो। यस भाइरसको स्पाइक जीन देखाउन सकिएको छैन। जसले भाइरसको जीनमा ठूलो परिवर्तन भएको संकेत गर्दछ। तर, भाइरसले कति सम्म संक्रमण गराउँछ र चुनौती सिर्जना गर्न सक्छ भन्ने पत्ता लगाउन सकिएको छैन।
कोभिड- १९ विरुद्दको खोप लगाएका व्यत्तिमा यसकाे स्रंक्रमण हुन्छ कि हुँदैन ?
कोभिडविरुद्धको खोप कोरोनाको स्पाइक जीनलाई नै लक्षित गरेर बनाइएको छ। तर, खोप लगाएपछि बनेका एन्टिबडीले स्पाइक जीनमा धेरै परिवर्तन भएको भए निष्क्रिय पार्ने सम्भावना कम रहन्छ। खाेपको हाल स्थापित प्रभावकारिताको स्तर खस्कने सम्भावना रहेको छ। त्यस्तै स्पाइक प्रेटिनमा देखिएको समस्या कारण विभिन्न सम्भावनाका कुराहरु निकाल्छ।
कोभिड- १९ र याे भेरियण्ट बीच के फरक छ?
ओमिक्राेन भोरियण्ट र कोभिड- १९ बीच फरक त नहोला। नयाँ भरियण्ट छिटो फैलने भाइरस हो। हालसम्म नयाँ भेरियण्टको बारेमा जानकारी प्राप्त भइसकेको छैन। कोभिडभन्दा घातक पनि हुन सक्छ र नहुन पनि।
ओमिक्राेन भेरियण्ट कतिको हानिकारक छ ?
सबै भाइरसमा म्युटेशन हुन्छ। भाइरसमा म्युटेशन हुनु स्वाभाविक हो। तसर्थ, भाइरस म्युटेशन हुँदैमा खराब भन्ने हुँदैन। यो भाइरस छिटो फैलिन सक्ने भाइरस हो तर काति हानिकारक छ भन्ने बारे जानकारी भएको छैन। हरेक भाइरसमा जेनेटिक कोड हुन्छ। भाइरसको जेनेटिक कोडमा भिन्नता त हुन्छ। तसर्थ, कोरोना भाइरस पनि नयाँ-नयाँ भन्न्ने क्रममा केही उग्र हुन्छ। सामान्यतया म्युटेशन भइरहन्छ र भइरहेको छ। तर, धेरै असर पदैन।
याे भेरियण्टले कस्ता कुन समूहका मानिसलाई बढी प्रभावित गर्छ ?
हालको समयमा यस भेरियण्ट दक्षिण अफ्रिकमा धेरै मात्रामा देखिएको छ। विश्व स्वास्थ संगठनका अनुसार युवाहरुलाई बढी प्रभाव पारेको जानकारी गराएको छ। विस्तृतमा भने जानकारी आएको छैन।