भारतमा कोरोना सङ्क्रमतिको संख्या तीन करोड ४५ लाख ९६ हजार ७७६ पुग्यो

बिएल संवाददाता

नयाँ दिल्ली
File Photo
File Photo

भारतमा हिजो मङ्गलबार ८ हजार ९५४ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको संख्या तीन करोड ४५ लाख ९६ हजार ७७६ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ।

मङ्गलबार कोरोना सङ्क्रमणबाट २७६ जनाको मृत्यु भएपछि कूल मृतकको संख्या चार लाख ६९ हजार २४७ पुगेको छ।  भारतमा अझै पनि ९९ हजार २३ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ।

गएको २४ घण्टामा भारतमा १० हजार २०७ जना कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४० लाख २८ हजार ५०६ जनालाई कोरोनाको सङ्क्रमण निको भएको छ। 
 

प्रकाशित मिति: : 2021-12-01 14:12:00

प्रतिकृया दिनुहोस्