अन्नपूर्ण पोष्ट
पत्रकार, विदेशी विद्यार्थी, आप्रवासी महिला र सन्दिग्ध व्यक्तिहरुलाई निगरानीमा राख्न चीन सरकारले ‘ट्राफिक लाइट’ प्रणाली प्रयोग गरेको छ। सरकारले सो व्यक्तिहरुलाई प्रविधिमार्फत् निगरानीमा राख्न चीनको सबैभन्दा ठूलो प्रान्त हेनानमा ‘ट्राफिक लाइट’ प्रणाली प्रयोग गरेको हो।
बीबीसीले प्राप्त गरेको प्रमाणपत्रहरुमा सरकारले पत्रकार र ती व्यक्तिहरुलाई विभिन्न तीन वटा ट्राफिक बत्तीअनुसार वर्गीकरण गरेको छ। जसअनुसार हरियो, पहेलो र रातो सूचीमा राख्ने गरेको पाइएको छ।
बत्तीको सूचीमा परेका व्यक्तिहरु संकेतअनुसार निगरानीमा राखिने अधिकारीहरुले बीबीसीसँग बताएका छन्। हेनानको सार्वजनिक सुरक्षा व्युरोले भने हालसम्म कुनै पनि प्रतिक्रिया नजनाएको बताइएको छ।
त्यहाँको सरकारले गत जुलाई २९ मा ती व्यक्तिहरुलाई एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिमार्फत् आफ्नो निगरानीमा राख्न टेन्डर आह्वान गरेको बताइएको छ। ती व्यक्तिहरुको अनुहार स्क्यान गरी व्यक्तिगत विवरण संकलन गर्न र निगरानीमा राख्न हेनान प्रान्तमा करिब ३ हजार सीसीटीभी क्यामरा जडान गरिएको बताइएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया