सुर्खेतमा वनरक्षक मृतावस्थामा फेला

File Photo
File Photo

सुर्खेत पश्चिममा रहेको चौकुने गाउँपालिका–४ बिजौरा पोस्टमा कार्यरत वनरक्षक मृतावस्थामा फेला परेका छन्। वीरेन्द्रनगर नगरपालिका– १२ सुर्खेत निवासी ४६ वर्षीय वनरक्षक महानन्द आचार्य शनिबार साँझ मृत अवस्थामा फेला परेका हुन्।

उनलाई चौकुने गाउँपालिका– ४ भुँडेभावरका रहेको कर्णाली सामुदायिक वनका अध्यक्ष गङ्गाराम बिसीको घरमा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।  

बिसीको घरमा बसेका वनरक्षक बिहान अबेरसम्म नउठेपछि ९ बजे उनको सुत्ने कोठामा हेर्दा कुनामा मृतावस्थामा भेटिएको भनी स्थानीयले प्रहरीलाई खबर गरेको घर्तीले बताए। सोमबार इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट प्रहरी निरीक्षक टेकबहादुर देउवाको टोली पुगेर स्थलगत मुचुल्का गरी शव परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको तर जाहेरी नआएकाले परीक्षण नभएको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: : 2021-11-29 13:22:00

प्रतिकृया दिनुहोस्