सुनको भाउ १०० रुपैयाँ घट्यो, चाँदीको बढ्यो

File Photo
File Photo

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ तोकिएको छ। अघिल्लो दिन प्रतितोला रु ९२ हजार १००मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु १०० ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ५०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला रु ९१ हजार ६०० तोकिएको थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २२० तोकिएको महासङ्घले जनाएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ। 

प्रकाशित मिति: : 2021-11-29 11:17:00

प्रतिकृया दिनुहोस्