बिएल संवाददाता
नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत दाङ जिल्ला सभापतिमा शुक्रबार चार जनाले मनोनयन दर्ता गरेका छन्। संस्थापन पक्षबाट तीन र संस्थापनईतर पक्षबाट एक जनाले उम्मेदवारी दिए छन्।
संस्थापन पक्षबाट जानकीलाल बस्नेत, कमलकिशोर घिमिरे र भुपबहादुर डाँगीले सभापति पदमा मनोनयन दर्ता गराएका छन्। बस्नेत नेविसंघका पूर्वजिल्ला अध्यक्ष हुन।
पार्टीका पूर्वजिल्ला सचिव घिमिरे १३औं महाधिवेशनका क्रममा जिल्ला सभापतिमा पराजित भएका थिए। डाँगी निवर्तमान क्षेत्रीय सभापति हुन।
संस्थापनइतर पक्षबाट भने शंकर डाँगीको मात्रै मनोनयन दर्ता भएको छ। डाँगी वर्तमान जिल्ला सचिव हुन।
त्यसैगरी उपसभापतिमा वर्तमान उपसभापति कमानसिंह भारती, एकराज आचार्य, गिरिराज सुवेदी, प्रदीपकुमार खड्का, बुद्धिप्रकाश चौधरी, मिनकेतन चौधरी र यज्ञबहादुर वली ‘सुबास’ले उम्मेदवारी दिएका छन्।
त्यस्तै, सचिवमा अर्जुनकुमार योगी, कृष्णप्रसाद सुवेदी, बालिका लम्साल र सूर्यप्रकाश राणाको उम्मेदवारी परेको छ भने सहसचिवमा भूपबहादुर भण्डारी, राजु आचार्य, लक्ष्मी योगी, सुबाधेकुमार डाँगी, हरिप्रसाद भुसालले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन समितिका कार्यवाहक संयोजक युवराज बस्नेतले जानकारी दिए।
नेतृत्व चयनका लागि शनिबार (आज) मतदान हुँदैछ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया