एमाले महाधिवेशनमा सहभागी हुन बालुवाटारबाटै उडे प्रधानमन्त्री देउवा (भिडियाे)

एमाले महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिन प्रधानमन्त्री शेरबहादुर देउवा चितवनतर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्री देउवा नेपाली सेनाको हेलिकप्टरबाट बालुवाटारबाट चितवनका लागि केहीबेरअघि मात्र त्यसतर्फ उडेका हुन्।

एमालेको दशौँ महाधिवेशन शुक्रबार मध्यान्ह चितवनको नारायणी नदी किनारमा उद्घाटन हुँदैछ । 

उक्त समारोहमा शुभकामना दिन प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपेन्द्र यादवसहितका नेताहरुलाई एमालेले निम्ता गरेको छ ।

प्रचण्ड भने चितवन नगई काभ्रेतिर लागेका छन् भने देउवा भने राजनीतिक संस्कार देखाउँदै समारोहतर्फ गएका हुन् ।

प्रकाशित मिति: : 2021-11-26 12:50:00

प्रतिकृया दिनुहोस्