अमेरिकाले चीनका ८ कम्पनीलाई प्रतिबन्ध लगाएपछि बेइजिङले भन्यो- वासिंगटन हिस्टेरियाबाट ग्रसित छ

File Photo
File Photo

अमेरिकाले चीनका आठ ओटा कम्पनीमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकामा विकसित प्रविधि चीनले सैन्य प्रयोगमा ल्याएको भन्दै अमेरिकाले प्रतिबन्ध लगाएको हो। राष्ट्रिय सुरक्षामा र विदेश नीतिमा जोड दिँदै अमेरिकी सरकारले अमेरिकी प्रविधि चीनलाई प्रयोग गर्नबाट रोक्न केही चिनियाँ कम्पनीविरुद्ध पछिल्लो कदम चालेको हो।

अमेरिकी प्रतिबन्धको चीनले विरोध गरेको छ। बेइजिङमा पत्रकार सम्मेलन गर्दै चीनका विदेश मन्त्रालयका प्रवत्ता झाओ लिजियानले चिनियाँ कम्पनीहरुलाई दबाउन अमेरिकाले राज्य शक्ति दुरुपयोग गरेको आरोप लगाए।‘अमेरिकाको पछिल्लो कदमले चिनियाँ कम्पनीको चासोलाई असर गर्नुको साथै अन्तर्राष्ट्रिय अर्थतन्त्र र स्वतन्त्र व्यापरको नियम उल्लंघन गरेको छ।, ’ उनले भने।

अमेरिकी कदमले विश्वव्यापी औधोगिक सञ्जाल गम्भीर जोखिममा परेकोसमेत प्रवक्ता लिजियानले बताएका छन्। अमेरिका हिस्टेरियाबाट पीडित भएको र नैतिकता गुमाएको उनले आरोप लगाएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीच भर्चुअल वार्ता भएको दुई साता नबित्दै अमेरिकाले चिनियाँ कम्पनीमा प्रतिबन्ध लगाएको हो।

वैठकमा चीनका राष्ट्रपति सीले सैन्य क्षेत्रमा दुबै देशको वृहत र साझा चासो भएको स्मरण गराउँदै एक अर्काबीच सहकार्य हुनुपर्ने बताएका थिए। बाइडेन प्रशासनले गत महिना चाइना कम्पनीको अमेरिकामा लाइसेन्स खारेज गरिदिएको थियो।

यसअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट चीनबाट निर्यात हुने सामाग्रीमा भारी शुल्क लगाएका थिए।

प्रकाशित मिति: : 2021-11-26 08:23:00

प्रतिकृया दिनुहोस्