सोमालियाको राजधानीमा विष्फोट : धेरैको मृत्यु भएको आशंका

File Photo
File Photo

सोमालियाको राजधानी मोगादिसुमा बिहीबार बिहान भएको विष्फोटमा परी कैयौं व्यक्तिको मृत्यु हुनुका साथै अन्य केही घाइते भएको प्रहरी र प्रत्यक्षदर्शीले बताएका छन्।

नाम नखुलाइकन एक प्रहरी अधिकारीले सिन्ह्वालाई मोगादिसुको KM4 जंक्शन नजिकै भएको विष्फोनटमा धेरै हताहत भएको बताएका छन्। प्रहरीका अनुसार उक्त घटनामा विद्यार्थी सहित थुप्रै व्यक्ति हताहत भएको र घटनाको विस्तृत विवरण पछि दिइने जनाइएको छ।

त्यसैगरी, प्रत्यक्षदर्शीहरूले होडान जिल्लामा ठूलो विष्फोटको आवाज सुनेको र केही भवनहरूमा क्षति पुगेको बताएका छन्। आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन।

प्रकाशित मिति: : 2021-11-25 14:25:00

प्रतिकृया दिनुहोस्