म्यान्मार सैन्य कू: नागरिक समूहकाे आक्रमणद्वारा सयाैं सैनिक मारिए

सुधा अत्रि

रंगुन, म्यान्मार
photo: rfa
photo: rfa

म्यान्मारकाे विद्राेही नागरिक समूह पीपुल्स् डिफेन्स फोर्स (पीडीएफ)ले देशका विभित्र भागमा आक्रमण गर्दा एकहप्ताभित्र एक सयभन्दा बढी सरकारी सेना मारिएका छन्।

नागरिक समूहको लडाकू दस्ता पीडीएफले याे साता दर्जनौं सैनिक इलाका लक्षित आक्रमण गरेको छ। साङ्गैङ, मन्डले, रंगुन र छिन् क्षेत्रको आक्रमणमा कैयौँ सैनिक घाइते भएको समेत बताइएको छ।



नागरिक समूहद्वारा आक्रमण, दुई दिनमा ७० सैनिक मारिए

म्यान्मार सेनाको आतङ्क: भेटे मान्छे मार्छन्, नभेटे लुटपाट गर्छन्



हप्ता दिनयता ठाउँ-ठाउँमा सरकारी सेना–लक्षित कैयौं आक्रमण भएको प्रजातान्त्रिक आन्दोलनका अधिकारीहरूले बताएका छन्। त्यस्तै, उनीहरूले गएको हप्ता अय्यारवाडी क्षेत्रमा जुन्ता सरकारका मन्त्रीहरूमाथि नै आक्रमण गरेका थिए।

आक्रमणपछि सैनिक–प्रहरीले गाउँ–गाउँमा छिरेर आतंक मच्चाएको स्थानीयले बताएका छन्। उनीहरूले ६० वटा सैनिक गाडीमा गाउँलेहरूलाई नियन्त्रणमा लिएका छन्।



धुवाँभित्र रुमलिएकाे युद्धभूमिकाे कथा

गोर्खा शहीद 'रमेश' म्यान्मारको इतिहासमा युगनायक बनेर रहने छन्



विद्रोही लडाकूहरूले रंगुन र माण्डलेको एक चौकीमाथि साेमबार आक्रमण गरेपछि प्रमुखसहित ५६ जना प्रहरीहरू मारिएको  पीपुल्स् डिफेन्स फोर्सका अधिकारीहरूले जनाएका छन्। चलिरहेको गाडीबाट बन्दुकधारी लडाकूहरूले आक्रमण गरेको भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ।

प्रकाशित मिति: : 2021-11-25 08:28:00

प्रतिकृया दिनुहोस्